Successfully Copied

बेलायतमा गायनसंगै फेसन शो

नयाँ वर्षको पहिलो दिन गत शनिवार बेलायतको रिडिङमा नेपाली मोडलहरुले फेसन शो प्रस्तुत गरेका छन् । पुराना कोरियोग्राफर सिद्धान्त घिमिरेको कोरियोग्राफीमा मोडलहरुले विभिन्न आधा दर्जन सिक्वेन्समार्फत विभिन्न पहिरनहरु प्रदर्शन गरेका हुन् ।

नयाँ वर्षको पहिलो दिन गत शनिवार बेलायतको रिडिङमा नेपाली मोडलहरुले फेसन शो प्रस्तुत गरेका छन् । पुराना कोरियोग्राफर सिद्धान्त घिमिरेको कोरियोग्राफीमा मोडलहरुले विभिन्न आधा दर्जन सिक्वेन्समार्फत विभिन्न पहिरनहरु प्रदर्शन गरेका हुन् । ग्रेटर रिडिङ नेप्लिज कम्युनिटी एसोसिएसन इन यूकेले आयोजना गरेको कार्यक्रममा बालबालिकाको फेसन शोले दर्शकको मन जितेको थियो । उनीहरुले आकर्षक क्याटवाकमार्फत विभिन्न फेन्सी ड्ेरस प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपालबाट गएका गायक शिव परियारले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए । बेलायतमै बसोबास गर्ने गायक भीम निरौलाले पनि आफ्नो प्रस्तुतीमार्फत दर्शकको मन जिते ।

 Image