Successfully Copied

शारीरिक रूपमा अशक्त रञ्जु

हेटौंडामा जन्मिएकी रञ्जिता पाण्डेलाई स्कुलमा पढ्दा आफू होची छु भन्ने चिन्ता थिएन तर जब उनी कलेज भर्ना भइन्, सबैजना उनलाई देखेर हाँस्न थाले, नदेख्नेलाई पनि कोट्याएर देखाउन थाले । त्यसकारण उनी कलेज जानै छाडिन् । उनको पढाइ रोकियो ।

घरपरिवारबाट सपोर्ट पाएकी रञ्जु आफूलाई शारीरिक रूपमा अशक्त छु भन्ने त्यतिबेला मात्र महसुस भएको बताउँछिन् । सानैदेखि नृत्यमा रुचि राख्ने रञ्जु परिवारकै प्रोत्साहनका कारण स्टेज तथा म्युजिक भिडियोहरूमा देखापर्न थालिन् । अहिले पनि कतै जाँदा खिसी गरेझैं, दया देखाएझैं वा मनोरञ्जक सामग्री हेरेझैं गरी फर्कीफर्की आफूलाई हेर्ने मानिसहरू देख्दा उनलाई दिक्क लाग्छ । यद्यपि ती कुनै पनि कुराले उनलाई काम गर्न छेकेको छैन । उनी अहिले लोक दोहरी, स्टेज प्रोग्राम, महोत्सवहरूमा नाच्न तथा अभिनय गर्नमै व्यस्त छिन् । रञ्जु भन्छिन्–‘हामीजस्ता शारीरिक रूपमा कमजोर व्यक्तिलाई जिस्क्याएर, हाँसेर तथा होच्याएर बाहिर निस्कन अप्ठ्यारो हुने वातावरण बनाइदिनु हुँदैन । हौसला, माया एवं प्रोत्साहन दिई प्रतिभा प्रस्फुटन गर्न सहयोग दिनुपर्छ ।’

 Image