Successfully Copied

कोरियोग्राफरका रूपमा पवित्रा

केही चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरिसकेकी पवित्रा आचार्य अहिले चलचित्र कोरियोग्राफरका रूपमा समेत सक्रिय छिन् ।

केही चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरिसकेकी पवित्रा आचार्य अहिले चलचित्र कोरियोग्राफरका रूपमा समेत सक्रिय छिन् । केही वर्षअघि कोमल वलीका े तीज गीतको भिडियोमा नृत्यनिर्देशकका रूपमा काम गरेकी पवित्राले चलचित्र मेलामा नृत्य निर्देशन गरिन् । मेलामा समावेश तीनवटै गीतमा कोरियोग्राफी गरेकी पवित्रा कलाकारिता तथा नृत्य निर्देशनलाई एकसाथ अघि बढाउने बताउँछिन् । भारतको इलाहावादबाट नृत्य विधामा डिप्लोमा पूरा गरेकी पवित्रालाई अभिनयका साथै नृत्य तथा कोरियोग्राफीमा समेत उत्तिकै रुचि छ ।

 Image