Successfully Copied

विश्वभरका कलाकारहरूको जमघट : काठमाडौं ट्रिएनल

विश्वभर आयोजना हुँदै आएको ट्रिएनल नेपालमा पहिलो पटक सिद्धार्थ आर्ट फाउन्डेसनले काठमाडौं ट्रिएनलका रूपमा सम्पन्न गर्‍यो । उक्त ट्रिएनलको उद्देश्य नेपाली कला–संस्कृतिलाई चिनाउनुका साथै काठमाडौंलाई दक्षिण एसियाको कल्चरल हबका रूपमा विकास गर्ने रहेको काठमाडौं ट्रिएनलका निर्देशक निश्चल वलीले बताए।

विश्वभर आयोजना हुँदै आएको ट्रिएनल नेपालमा पहिलो पटक सिद्धार्थ आर्ट फाउन्डेसनले काठमाडौं ट्रिएनलका रूपमा सम्पन्न गर्‍यो । उक्त ट्रिएनलको उद्देश्य नेपाली कला–संस्कृतिलाई चिनाउनुका साथै काठमाडौंलाई दक्षिण एसियाको कल्चरल हबका रूपमा विकास गर्ने रहेको काठमाडौं ट्रिएनलका निर्देशक निश्चल वलीले बताए । ट्रिएनल कलाकारहरूका लागि ठूलो प्लेटफर्म मानिन्छ । काठमाडौं ट्रिएनलमा नेपालका २७ जना कलाकारका साथमा बेल्जियम, नेदरल्यान्ड, अर्जेन्टिना, बंगलादेश, भारत, चीन, पाकिस्तान, बेलायत, अमेरिका आदि २५ देशका ७० जना कलाकारको सहभागिता थियो । तारागाउँ म्युजियम, नेपाल आर्ट काउन्सिल, सिद्धार्थ आर्ट फाउन्डेसन तथा पाटन म्युजियममा कलाकृतिहरू प्रदर्शनीमा राखिएका थिए । सहर थिममा प्रदर्शित कलामध्ये प्राय: काठमाडौंमै निर्मित कलाकृति थिए।

 Image