Successfully Copied

गुरुङको ममता सार्वजनिक

गायिका ममता गुरुङको ‘ममता’ सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमको आयोजनागरि उक्त एल्वम सार्वजनिक भएको हो ।

गायिका ममता गुरुङको ‘ममता’ सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमको आयोजनागरि उक्त एल्वम सार्वजनिक भएको हो । वरिष्ठ गीतकार डा. कृष्णहरि बराल र बरिष्ठ गायिका संगीता रानाको मुख्य आतिथ्यमा सार्वजिनक छ । मातातिर्थ औसिको अवसरमा गायिकाकी आमा मायादेवी गुरुङ र बुबा हितमान गुरुङले एल्वमलाई विमोचन गरेका हुन् । 

देश बाहिर बस्दै आएकी ममताको यो डेब्यु एल्वम हो । एल्वममा ‘नबोलाऊ मलाई मायालु भनि...’, ‘जीवन मेरो त्यहीा...’, ‘हावासरि चञ्चले मन...’, ‘अल्लारे मन यो मेरो....’ र पर्दा खोलेर जस्ता गीत समावेश गरिएको छ । एल्वममा भएका गीतमा इन्द्र आरपी, ताराप्रकाश लिम्बु, देवा गुरुङ, कालिप्रसाद बास्कोटा र सुरेश मानन्धरको सङ्गीत रहेको छ भने ममता गुरुङ, शशीथापा सुव्वा, कालिप्रसाद बास्कोटा र केबी गुरुङको शब्द रहेको छ । 

सञ्चारकर्मी गीत अधिकारीले सञ्चालन गरेको एल्वम सार्वजनिक कार्यक्रममा विदेशमा बसेर पनि नेपाली गीत/संगीतमा उनले पुर्‍याएको योगदानको कदर गर्नु पर्ने भन्दै स्वरमा मिठास रहेको डा. कृष्णहरि बराले बताए । त्यस्तै संगीता रानाले एल्वममा रहेका गीतले आफ्नो मन छोएको भन्दै नेपाली गीत/संगीतमा सम्भावना भएकी गायिका ममता हुन भनिन् । म नेपाली गीत संगीतको विद्यार्थी हुा अझै सिक्ने क्रममा छु तर पनि मेरा गीतले राम्रो चर्चा पाउादा खुशी लाग्ने गायिका ममताले बताइन् । ‘गायिका ममताको बुबा भनेर चिनिन थालेको छु, एउटा बाबुलाई यो भन्दा खुशीको कुरा के हुन सक्छ र? बुबा हितमानले भने । गीतका भिडियोहरु पनि छायाँकन भइसकेको र छिट्टै सार्वजनिक गरिने बताइएको छ । एल्वमलाई युथ क्रिएशनले बजारमा ल्याएको हो । 

 Image