Successfully Copied

कम्प्युटर अघि बढी बस्नेहरूका लागि

लगातार अर्थात् घन्टौं कम्प्युटर, ल्यापटप, मोबाइलमा बस्नु हुँदैन । एकाध घन्टामा ब्रेक लिइरहनुपर्छ । कम्प्युटरको उचाइ र आफ्नो आँखाको उचाइ समान दूरीमा हुनुपर्छ भने बस्ने कुर्सीको उचाइ सोहीअनुरूप मिलेको हुनुपर्छ ।

डा.सरिता गौचन

  • लगातार अर्थात् घन्टौं कम्प्युटर, ल्यापटप, मोबाइलमा बस्नु हुँदैन । एकाध घन्टामा ब्रेक लिइरहनुपर्छ । कम्प्युटरको उचाइ र आफ्नो आँखाको उचाइ समान दूरीमा हुनुपर्छ भने बस्ने कुर्सीको उचाइ सोहीअनुरूप मिलेको हुनुपर्छ ।
  • बस्ने पोजिसन हिप र घुँडाको पछाडिको पूरा भाग कुर्सीमा मिलेको हुनुपर्छ ।
  • कुर्सीमा बस्दा पछाडि सानो सिरानी वा कुसन राख्दा ढाड दुख्ने समस्या कम हुन्छ । कम्प्युटरमा काम गर्दा एक वा दुई घन्टापश्चात् शरीर तन्काउनुपर्छ ।
  • यसरी ब्रेकका बेला दुवै हातलाई इन्टरलक गरी टाउको भन्दा माथि सीधा तन्काउने तर टाउको सीधा नै हेर्ने, यो प्रक्रिया ५ सेकेन्डको विश्राम लिँदै ५ देखि ७ पटक सम्म गर्न सकिन्छ ।
  • क्रमश: दायाँ र बायाँ हात माथि तन्काउने अनि केही समय रोकी तल झार्ने, यसले कुम, गर्दन तथा हातलाई रिफ्रेस गर्छ । दुबै खुट्टा क्रस गरेर कुर्सीमा बस्ने अनि दायाँ हातले बायाँ घुँडा समातेर कम्मर र घुँडा एकैपटक तन्काउने । पुन: बायाँ हातले दायाँ घुँडा समाती अघि गरेजस्तै क्रियाकलाप दोहोर्‍याउँदा कम्मर, घुँडा तथा हिपले तन्दुरुस्ती प्राप्त गर्छ । अन्त्यमा सीधा उभिएर दुवै हातलाई सीधा तल पारी बिस्तारै झड्कार्नुपर्छ । 

 Image