Successfully Copied

वर्ष २०७४ का सम्भावित पहिरन

एक वर्ष चलेको फेसन अर्काे वर्ष आउट हुने हुँदा मानिसहरू फेसनका मामिलामा अपडेट भैरहेका हुन्छन् । कसरी आफू अरुभन्दा स्मार्ट र भिन्न देखिने भन्ने चाहना बोकेका अहिलेका फेसनप्रेमीहरू इस्टर्न, वेस्टर्नमा के–कस्तो फेसन भित्रिएको छ र कसले के–कस्ता पहिरन लगाइरहेका छन् सधैं चाख दिइरहेका

एक वर्ष चलेको फेसन अर्काे वर्ष आउट हुने हुँदा मानिसहरू फेसनका मामिलामा अपडेट भैरहेका हुन्छन् । कसरी आफू अरुभन्दा स्मार्ट र भिन्न देखिने भन्ने चाहना बोकेका अहिलेका फेसनप्रेमीहरू इस्टर्न, वेस्टर्नमा के–कस्तो फेसन भित्रिएको छ र कसले के–कस्ता पहिरन लगाइरहेका छन् सधैं चाख दिइरहेका हुन्छन् । अहिलेको फेसन ट्रेन्ड जिरो फिगरको नभएकाले लुज फिट फेसन प्रयोगमा छ । गत वर्षदेखि नेपाली फेसन इन्डियन फेसन ट्रेन्डभन्दा वेस्टर्न फेसन ट्रेन्डबाट बढी प्रभावित भैरहेको छ । मानिस जस्तो हुँदै गयो फेसन पनि त्यस्तै हुँदै जान्छ । नेपालमा फेसन मात्र होइन, जीवन शैली र संस्कृतिमा पनि पश्चिमा प्रभाव बढ्दै गएको छ । फेसन पनि एक प्रकारको चक्र हो जुन समाजको सेरोफेरोमा घुमिरहन्छ ।

क्याजुअलमा जिन्स नै हावी हुने

परी श्रेष्ठ, फेसन डिजाइनर

जिन्स कहिल्यै फेसनबाट आउट नहुने आउटफिटमध्ये एक हो । जिन्सको फेब्रिक र डिजाइनमा भने हरेक वर्ष परिवर्तन आएर त्यसले फेसन बजारलाई लिड गरिरहेको हुन्छ । यो वर्ष डे टु डेका लागि जिन्सजस्तो देखिन जिन्े पातलो सफ्ट जिन्स फेसनमा रहनेछ । पहिलेको बाक्लो जिन्सको ठाउँमा सफ्ट जिन्स पाइन्ट तथा जिन्स सर्ट रुचाइनेछ । फिटिङभन्दा लुज सर्ट, लामो टिसर्ट पनि उत्तिकै चल्तीमा रहनेछ । टिनएजरहरूले पनि फिटिङ जिन्सभन्दा लुजप्रति नै रुचि देखाउनेछन् । जिन्सको साटो लाइक्राका पाइन्ट फेसनमा रहनेछन् ।

९० को दशकमा लगाइने जिन्स र जिन्सको सर्टको फेसन हावी हुनेछ । जिन्स पाइन्टसँगै रक्की जिन्स पाइन्ट, जिन्स स्कर्ट, जिन्स वान पिस, जिन्स सर्ट आदि चल्नसक्छन् भने प्रिन्टेड एवं धर्के पाइन्टहरू पनि उत्तिकै लोकप्रिय हुनेछन् । क्याजुअल वेयरमा ठूलो साइजको ड्रेसमा बेल्ट लगाउने, लेयर रफल ड्रेसहरू भित्रिनेछन् । यसपटक बटन भएका पहिरन पनि फेसनमा रहनेछन् । स्कर्टको माथिदेखि तलसम्म, घाँटीका साइडहरूमा बटन राखिएका पहिरन पनि रुचाइने अनुमान छ । प्रिन्टेड टिसर्ट पनि टिनएजरहरूले एकदमै रुचाउने सम्भावना छ । यसपटक ठूल्ठूला ब्यागको ठाउँमा चारपाटे स–साना ब्याग महिला तथा युवतीहरूको रोजाइमा रहनेछ ।

इन्डियन ड्रेसमा वेस्टर्न टच

मञ्जु बञ्जारा, फेसन डिजाइनर

केही वर्षअघिसम्म एकदमै फेसनमा रहेको लेहेंगा चोली यसपटक वेस्टर्न टचका साथ नेपाली बजारमा भित्रिँदैछ । वेस्टर्न गाउनजस्तो देखिने थ्री पिसको लेहेंगा पार्टी तथा ब्राइडल वेयरका लागि बढी उपयुक्त हुने अनुमान गर्न सकिन्छ । यस्ता लेहेंगा फेयरवाला, मरमेड डिजाइन आदि विभिन्न फरक–फरक सेपमा उपलब्ध छन् । मरमेड लेहेंगा हिपमा फिटिङ र मुनि फेयरयुक्त हुन्छ । यसपटकको चोलीमा नेक तथा ब्याक ओपन चल्नेछ । गत वर्षजस्तो इम्ब्रोइडरी गरिएका, लेस, प्याचवर्क यसपटक आउट हुने देखिन्छ । यसपटक रिच लुक्सको फेब्रिक नै फेसनमा रहनेछ । थ्रेड वर्क, ग्लिटरी भएका क्लासी फेब्रिकमा बनेका वेस्टर्न लेहेंगाले बजार तताउनसक्छन् । लेहेंगामा लाइट पिंक, सी ग्रिन, पिच, ग्रेमा पिंक आदि कलर वर्षभरि नै फेसनमा रहनेछन् । कलर कम्बिनेसन म्याचिङभन्दा फरक कलरको जस्तै लेहेंगा पिंक, ब्लाउज पिच तथा चुन्नी गोल्डेन आदि चल्नेछन् ।

यो वर्ष प्लाजो तथा चुडीदार सुरुवालको ठाउँमा ग्रन्ज जिन्स वा पाइन्ट स्टाइलको सुरुवालसँग लङ कुर्तीहरू चल्ने देखिन्छ । कुर्तीहरू पनि वेस्टर्न लुक्समै बढी रुचाइनेछ । कुर्तीका लागि कटन, सिफन, लाइक्रा, लेनिन आदि फेब्रिक उपयुक्त हुन्छन् । यी पहिरन फिटिङ नहुने भएकाले शीतल एवं सजिला हुन्छन् । अहिलेको पुस्ता आफूलाई सजिलो र फेसन ट्रेन्डसँग पनि मेल खाने पहिरन खोज्ने खालको छ तसर्थ वेस्टर्न र इस्टर्नमा के फेसन छ बुझेर आफै पनि नयाँ डिजाइन अर्थात् दुईको मिक्सम्याक्स डिजाइन गर्ने चलन वृद्धि हुनेछ ।

सेलिब्रेटीहरूले रेड कार्पेटमा हिँड्दा लगाउने गाउन पनि यो वर्षको फेसनमा रहनेछ । यसपटक पियर वेस्टर्न गाउनहरू नै नेपाली फेसन बजारमा देखिनेछन् । भोलुम बढी भएको प्रिन्सेस स्टाइलका गाउनहरू चल्नेछन् । यस्तो गाउनले शारीरिक स्वरूपलाई राम्रो देखाई आकर्षक लुक्स पनि दिन्छ । यो वेस्ट तथा हिप ठूलो हुनेहरूलाई सुहाउँछ । वेस्टर्न गाउनले स्लिम र अग्लो देखाउँछ । यसपटक गाउनमा भने अफ सोल्जर भित्रिनेछ ।

साडी र कुर्ता लगाउने महिलाहरू पनि पाइन्ट, कुर्ती हुँदै अहिले वान पिस लगाउने भएका छन् । गत वर्षजस्तै यसपटक पनि वान पिस पहिरन बजारमा यथावत् रहनेछ तर पोहोरजस्तो फिटिङ वान पिस भने फेसनमा रहने छैन । यसपटक ए लाइनको तथा फ्लेयर भएका निलेन्थका वान पिस बढी रुचाइनेछ । समरका कारण प्रिन्टेड वान पिस, एल्लो, ग्रिन, लाइट पिंक, चकलेट पिंक, बेबी पिंक आदि रंगमा मन पराइनेछ । टिनएजरहरूमा भने टु पिस स्कर्ट तथा टप्स चल्नेछन् । यो उमेरकाले प्रशस्त फ्लेयर भएको टप्स तथा स्कर्ट बढी रुचाउनेछन् । रफल्स् टप्स र स्कर्ट, रफल्स टप्स र हाफ पाइन्ट पनि फेसनमा रहनेछन् । टिनएजरका लागि सी ग्रिन, अफ ह्वाइट तथा ह्वाइट कलर प्रिय साबित हुनेछन् ।

इम्ब्रोइडरी पुन: फेसनमा

पहिले हल्का घटेको ह्यान्ड इम्ब्रोइडरी यसपटक पुन: बढ्ने देखिन्छ । केही समय सेल्फ इम्ब्रोइडरी फेब्रिक धेरै नै चले । अचेल फरक देखिने चाहनाका कारण महँगो भए पनि ह्यान्ड इम्ब्रोइडरी नै बढी रुचाइन्छ । ब्लाउजमा, साडीको बोर्डरमा तथा प्रिन्टेड लेहेंगाको मुनिको भागमा बोर्डर हालेर, भरेर लगाउने चलन वृद्धि हुनेछ । बेलुकाको पार्टीमा सिमरी फेब्रिक तथा दिनमा लाइक्रा बेसका फेब्रिक फेसनमा रहनेछन् । यस्ता फेब्रिकले स्लिम देखाउन मद्दत गर्छन् । यसपटक फेसनमा रिच रोयल ब्लु, ब्ल्याक, डार्क रेड, एल्लो, पिंक एवं पिच कलर बढी चल्नेछन् ।

 Image