Successfully Copied

अहिले चलेको मेहेन्दी डिजाइन

गला, ककटेल, सुपर्व, अरेबिक, ब्राइडल, आसिकी आदि डिजाइनका मेहन्दी अहिले चल्तीमा छन् ।

कुलदीप कुमार वाष्र्णेय, मुम्बई मेहन्दी ट्रेनिङ सेन्टर

अहिले मेहन्दीमा कस्तो डिजाइन चलेको छ ?

गला, ककटेल, सुपर्व, अरेबिक, ब्राइडल, आसिकी आदि डिजाइनका मेहन्दी अहिले चल्तीमा छन् ।

 

कुन डिजाइनको मेहन्दी बढी रुचाइएको छ ?

१६ देखि २६ वर्ष उमेरकाले आसिकी मेहन्दी नै बढी मन पराउन थालेका छन् ।

 

सामान्यत: मेहन्दी कस्ता समारोहमा लगाइन्छ ?

पहिले साउन महिना, विवाह एवं तीजका बेला मात्र मेहन्दी लगाइए पनि अहिले व्रतबन्ध, पूजापाठ तथा बर्थडे पार्टीमा पनि मेहन्दी लगाउने चलन बढ्दो छ । हिजोआज मेहन्दी फङ्सन भनेर विवाहको केही दिनअघि विशेष समारोह नै आयोजित गरी सामूहिक रूपमा मेहन्दी लगाइन्छ । अहिले १६ शृंगारमध्ये मेहन्दी पहिलो नम्बरमा आएको छ । विभिन्न  जातिको उत्सवमा समेत मेहन्दी लगाउने चलन बढ्दो छ ।

 

मेहन्दी शरीरको कुन–कुन भागमा लगाइन्छ ? यसको साइड इफेक्ट हुन्छ कि हुँदैन ?

हातखुट्टा, पाखुरा, घाँटी, वक्षस्थल एवं ढाडपछाडि मेहन्दी लगाइन्छ । प्राकृतिक मेहन्दीले कुनै साइड इफेक्ट गर्दैन । मेहन्दीले छाला मुलायम बनाउनुका साथै काटेको घाउसमेत निको पार्छ । यद्यपि केमिकलयुक्त मेहन्दीले भने हानि गर्छ ।

 

मेहन्दीको रङ गाढा बनाउन के गर्नुपर्छ ?

मेहन्दी लगाएको दुई घन्टाभित्र रङ बस्छ । त्योभन्दा बढी समय राख्नुको अर्थ छैन । मेहन्दी लगाइसकेपछि मेहन्दीको तेल तथा कागती र चिनी प्रयोग गर्न सकिन्छ । मेहन्दी निकाल्न भने तोरीको तेल प्रयोग गर्नुपर्छ । मेहन्दी लगाएपछि ८–१० घन्टा पानी छुनुहुँदैन । मेहन्दीको रङ एक दिनपछि अझ गाढा भएर आउँछ ।

 

मेहन्दी लगाउने सीपको बजार कस्तो छ ?

मेहन्दीका लागि शिक्षा तथा उमेरको कुनै हदबन्दी छैन । सानो लगानीले पनि राम्रो आर्जन गर्न सकिन्छ । हिजोआज यसको क्रेज निकै बढेको छ । स्वदेशमा मात्र होइन विदेश जाने दिदीबहिनीहरूले यो सीपमार्फत राम्रो आम्दानी गर्न सक्छन् ।

 Image