Successfully Copied

स्वतन्त्रता तर अनुशासन र नीति–नियमभित्र

मेरा लागि आमा महान् हुनुहुन्छ । मलाई हुर्काउने, बाटो देखाउने सबै आमाले गर्नुभएको हो । सानैदेखि कलाकै वातावरणमा हुर्किएकीले म कलातर्फ नै आकर्षित भएँ । म सानैदेखि गीत–संगीतमा रचि राख्थें । मेरा कतिपय समस्याको समाधानसम्म साथीजस्तै भएर गर्नुहुन्थ्यो ।

प्रधी राणा, कलाकार, आमा : सुनीता राणा, कलाकार

मेरा लागि आमा महान् हुनुहुन्छ ।  मलाई हुर्काउने, बाटो देखाउने सबै आमाले गर्नुभएको हो । सानैदेखि कलाकै वातावरणमा हुर्किएकीले म कलातर्फ नै आकर्षित भएँ । म सानैदेखि गीत–संगीतमा रचि राख्थें । मेरा कतिपय समस्याको समाधानसम्म साथीजस्तै भएर गर्नुहुन्थ्यो ।  धेरैले म आर्ट क्षेत्रमा आएको देख्दा आमा–बुवा दुवै कलाकार भएर छोरीलाई पनि त्यतै लगाए भन्ने सुन्छु तर मलाई आर्टमा लाग भनेर कहिल्यै भनिएन । मैले एसएलसीमा डिस्टिङ्सन ल्याएँ । घरमा सबैले प्रधीले साइन्स पढ्छे भन्ने सोच बनाइरहेका थिए । मैले फाइन आर्ट पढ्छु भन्दा आमा भित्रैदेखि खुसी हुनुभएको थियो । त्यतिबेलासम्म आमालाई म स्केच गर्छु भन्ने पनि थाहा थिएन । मेरो यो निर्णय नै आमाका लागि सरप्राइज गिफ्ट भयो । स्वतन्त्रता, केयर तथा छोरीको इच्छा बुझ्ने आमा पाएर म आफूलाई भाग्यमानी मान्छु ।  आमाबाटै सिकेको असम्भव केही छैन, आँटे पुगिन्छ भन्ने सोच बोकेर अघि बढिरहेकी छु म । स्वतन्त्र छोड्दा–छोड्दै आमाले मलाई अनुशासन र नीति–नियममा राख्नुभयो जसका कारण आज म सफल पनि हुँदैछु । मेरा लागि आमा नै जीवनको सार हो ।

 Image