Successfully Copied

दिपा र रोहित बने मि. एण्ड मिस मोडल नेपाल–२०१७

मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवा युवतीमा केन्द्रित प्रतियोगिता ‘मिष्टर एण्ड मिस मोडल नेपाल २०१७’ मा रोहित काडेल र दिपा श्रेष्ठ विजेता चयन भएका छन् ।

 

मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवा युवतीमा केन्द्रित प्रतियोगिता ‘मिष्टर एण्ड मिस मोडल नेपाल २०१७’ मा रोहित काडेल र दिपा श्रेष्ठ विजेता चयन भएका छन् । मुख्य उपाधि संगै नगद पुरस्कार रु पचास हजार पनि जितेका विजेता मध्ये रोहित प्रतियोगितामा पपुलर र भिअर च्वाइस अवार्ड पनि उत्कृष्ट ठहरिए । दिपाले भने क्याटवाक, पर्सनालिटी तथा ग्याष्ट्रो फेश विधामा आफूलाई अब्बल बनाइन् । प्रतियोगितामा विशाल मैनाली र आश्मा पौडेल क्षेत्री फस्ट रनर अप तथा किशन कुमार झा र निक्की श्रेष्ठ सेकेन्ड रनर अप चयन भएका थिए । आश्माले पपुलर अवार्ड र निक्कीले भिअर च्वाइस विधामा पनि आफ्नो नाम दर्ता गरे । 

एसएन इन्टरनेसनल इभेन्ट्सको आयोजनामा संचालन भएको सो प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो । प्रतिस्पर्धामा प्रिजोल नेपाली प्रिजमिडिया फेशमा विजेता बने । यसैगरी विवेक बलाल र पूजा श्रेष्ठ मिष्टर एण्ड मिस कन्जिनियालिटी, नितिन रौनियार र मनिशा राई मिष्टर एण्ड मिस फोटोजेनिक, नितिन रौनियार र मृदुला गणेश मिष्टर एण्ड मिस फोटोजेनिक चयन भएका थिए । प्रिजोल नेपाली पर्सनालिटी तथा सनिश खड्गी वेष्ट वाक विधामा विजयी बनेका थिए । वेष्ट इन पार्टी वेयरमा भने विष्णु मानन्धर र मनिशा राई उत्कृष्ट ठहरिएका थिए । प्रतिस्पर्धामा स्वतन्त्र डिजाइनर सुनैना ढकाल र नमूना कलेजका विधार्थी डिजाइनर वंशी खड्काले सहभागिहरुका लागि पहिरनहरु तयार पारेका थिए ।

 Image