Successfully Copied

राईको नेतृत्वमा ‘वीमन इरा मिडिया ग्रुप’स्थापना

लामो समयदेखि पूर्वको प्रमुख शहर धरानमा रहेर ‘वुमन्स इरा मासिक’ पत्रिका प्रकाशन÷सम्पादन गर्दै आएकी राईले बिशेषगरि यस गु्रपमा राजधानीमा सक्रिय महिला सञ्चारकर्मी र सर्जकलाई समेटने बताएकी छिन् । साथै उनले सञ्चारमार्फत समाजमा सुचना÷खबरदारी गरी महिलाको जीवन उकास्ने, सिप, शिक्षा, गीत÷सङ्गीतको, साहित्य प्रवचनका लागि

सञ्चारकर्मी एवं सर्जक प्रतिमा राई विवशको नेतृत्वमा ‘वुमन्स इरा मिडिया गु्रप’ को स्थापना गरिएको छ । महिला सशक्तिकरणको उद्धेश्यले स्थापित उक्त समुहको लोगोको राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । बिभिन्न क्षेत्रका बिशिष्ट महिलाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सर्जकद्वय उषा शेरचन, मोमिला जोशी र नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दुले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन ।

लामो समयदेखि पूर्वको प्रमुख शहर धरानमा रहेर ‘वुमन्स इरा मासिक’ पत्रिका प्रकाशन÷सम्पादन गर्दै आएकी राईले बिशेषगरि यस गु्रपमा राजधानीमा सक्रिय महिला सञ्चारकर्मी र सर्जकलाई समेटने बताएकी छिन् । साथै उनले सञ्चारमार्फत समाजमा सुचना÷खबरदारी गरी महिलाको जीवन उकास्ने, सिप, शिक्षा, गीत÷सङ्गीतको, साहित्य प्रवचनका लागि आफुहरुले काम गर्ने बताईन ।

सो अवसरमा आयोजित कवि गोष्ठीमा सर्जकहरू उषा शेरचन, मोमिला जोशी, सविता बिमली, प्रतिमा राई, विमला तुम्खेवा, रमा घिमिरे, सविता श्रेष्ठ ‘वेहोसी’ र मन्दिरा कोइराला लगायत बाह्र जनाले कविता, मुक्तक वाचन गरेका थिए । 

 Image