Successfully Copied

स्मरण शक्तिका लागि योग

हामीले खाएको खाना पचेर रस बन्छ, रसबाट रक्त, रक्तबाट मांस, मेध, अस्थि, मञ्जा हुँदै अन्त्यमा वीर्य बन्छ । यी सप्त धातुमा वीर्यको मात्रा नै प्रधान हुन्छ । वीर्य शक्तिका रूपमा हुने भएकाले यसलाई ओजतेज पनि भनिन्छ । यसैले शरीरलाई शक्तिशाली बनाउनुका साथै मस्तिष्क

– हामीले खाएको खाना पचेर रस बन्छ, रसबाट रक्त, रक्तबाट मांस, मेध, अस्थि, मञ्जा हुँदै अन्त्यमा वीर्य बन्छ । यी सप्त धातुमा वीर्यको मात्रा नै प्रधान हुन्छ । वीर्य शक्तिका रूपमा हुने भएकाले यसलाई ओजतेज पनि भनिन्छ । यसैले शरीरलाई शक्तिशाली बनाउनुका साथै मस्तिष्क पुष्ट भै स्मरण शक्ति बढाउँछ ।

– स्मरण शक्ति बढाउन संयमपूर्वक ब्रह्मचर्य पालना गर्नु आवश्यक छ ।

– ब्रह्मचर्यमा रहन एकाग्रता आवश्यक हुन्छ ।

– तनाव, रागद्वेष तथा प्रतिस्पर्धा आदिका कारण चित्त शान्त नरही उग्रतामा परिणत हुन्छ । उग्रता एवं चञ्चलताको नकारात्मक प्रभाव मस्तिष्कमा पर्छ ।

– तेजस्वी स्मरण शक्तिका लागि स्वस्थ शरीर आवश्यक हुन्छ ।

– उमेर बढ्दै जाँदा पनि स्मरण शक्ति कम हुँदै जान्छ ।

– स्मरण शक्तिका लागि योगासन, प्राणायाम तथा ध्यान गर्नुपर्छ ।

– स्मरण शक्ति वृद्धि गर्न शीर्षासन, धनुरासन, मत्स्यासन, सर्वाङ्गासन, पश्चिमोत्तानासन, मयूरासन, हलासन कम्तीमा ११ पटक सूर्य नमस्कार आदि गर्न सकिन्न्छ ।

– स्मरण शक्तिका लागि आवश्यक तत्व आहार, निद्रा तथा ब्रह्मचर्य हो ।

– अनुलोमविलोम, भ्रामरी, प्रणव ध्यान ब्रह्ममुहूर्तमा आवश्यक हुन्छ, बिहान वा साँझ पनि त्यसलाई दोहोर्‍याउन सकिन्छ ।

– भिटामिन, प्रोटिन, खनिज, लवण, मौसमी फलफूल, सागसब्जी, चोकरयुक्त खानाका साथै विचार सकारात्मक हुनु आवश्यक छ ।

– मस्तिष्क पोषणका लागि दूध, घिउ, बदाम, अन्जिर, ओखर, ब्राह्मी (घोडताप्रे) अत्यन्त सहयोगी तत्व हुन् ।

– सकेसम्म हप्तामा २ पटक जलनेती लिने तथा प्रत्येक रात सुत्ने बेला दुवै नासिकामा २–२ थोपा बदाम रोगन तेल हालेर सुत्ने क्रमले पनि स्मरण शक्ति वृद्धि गर्छ ।

                                                   – पतञ्जलि योगपीठ, हरिद्वार

 Image