Successfully Copied

वर्षायाममा ध्यान दिनुपर्ने कुराहरू

वर्षायाममा घरको भित्ता र छाना रसाउँछ कि भनेर विचार गर्नुपर्छ । रसाउँछ भने वाटरप्रुफ कोटिङको प्रयोग गरि रिपेयर गर्नुपर्छ । साथै सबै चिराहरू टाल्नुपर्छ । कौसीमा लुज टायल वा मिसिङ टायललाई रिप्लेस गर्नुपर्छ । जहाँबाट सिपेज हुन दिदैन । छतको पानी पाइपको मुख

घरको भित्ता र छानामा हुने चुहावट – वर्षायाममा घरको भित्ता र छाना रसाउँछ कि भनेर विचार गर्नुपर्छ । रसाउँछ भने वाटरप्रुफ कोटिङको प्रयोग गरि रिपेयर गर्नुपर्छ । साथै सबै चिराहरू टाल्नुपर्छ । कौसीमा लुज टायल वा मिसिङ टायललाई रिप्लेस गर्नुपर्छ । जहाँबाट सिपेज हुन दिदैन । छतको पानी पाइपको मुख खोल्न बिर्सनु हुँदैन ।

भेन्टिलेटर्सको प्रयोग– घरको जुन भित्तामा ओसेप हुने गर्छ त्यस्ता ठाउँमा भेन्टिलेटर्स बनाउनुपर्छ । यसो गर्नाले ओसेप कम हुनुका साथै ताजा हावा पास हुन मद्दत पुर्‍याउँछ । ताजा हावाले ओसिलो भित्तालाई सुक्न मद्दत पुर्‍याउँछ ।

इलेक्ट्रिकल कुरा चेक गर्ने– वर्षायाममा घर बाहिरका एक्सपोज्ड बिजुलीका स्वीचलाई विशेष चेक गर्नुपर्छ र तुरुन्तै कभर गर्नुपर्छ । विशेष इलेक्ट्रिक रुममा कुनै सिपेज छ कि छैन भनी चेक गर्दा राम्रो हुन्छ । साथै कुनै इलेक्ट्रिक समस्या देखिएमा तुरुन्तै इलेक्ट्रिसियनसँग सल्लाह लिनुपर्छ । सिपेज हुने भित्तामा इलेक्ट्रिक बोर्डहरू परेमा विशेष हेरचाह साथै त्यसको समस्या समाधान गर्नुपर्छ ।

कीरा–धमिराको आतंक– वर्षामा हुने चिसो तथा ओसको कारण धमिरा लाग्नु स्वभाविक हो । यस्ता किराबाट बच्नका लागि रसायनयुक्त स्प्रे प्रयोग गर्नुपर्छ ।

वुडन फ्लोरिङको हेरचाह– पानी पर्ने सिजनमा वुडन फ्लोरिङमा ढुसी आउनसक्छ । त्यसैले यो मौसममा फ्लोरिङमा विशेष ध्यान दिनुपर्छ । चिसोको कारणले फ्लोरिङको सेप र क्वालिटी खत्तम हुन्छ । यस्तो हुन नदिनका लागि विशेष पलिस वा वाक्स पलिसको प्रयोग गरेमा फ्लोरिङ सुरक्षित रहन्छ ।

काठको दराज र घर्रा – काठको दराज र घर्राहरूमा पनि वर्षायाममा एक किसिमको किरा लाग्ने गर्छ । त्यसैले कपडाको सुरक्षाको लागि कपुर, निमको पत्ता, ल्वाङ राख्नु राम्रो हुन्छ ।

घर रिनोभेट गर्नुहुँदैन – रिनोभेट भन्नासाथ वाल पेन्टिङ, वाटर प्रुफिङ आदि कुराहरू आउँछन् । यो टेक्निकको प्रयोग गर्दा सूर्यको किरण आवश्यक हुन्छ । यो आफैंमा चिसो हुनाको कारण वर्षामा सुक्न गाह्रो हुनुका साथै ओस बढाउँछ ।  रिनोभेसन गर्ने कार्यहरू यो मौसममा नगरी पछि गर्दा राम्रो हुन्छ ।

रट आइरन फर्निचर–  रट आइरन फर्निचर भन्नाले आउटडोर तथा मौसम सुहाउँदो फर्निचर बुझिन्छ । त्यसैले यस्ता फर्निचरमा वर्षाअघि नै एन्टिरस्ट पेन्ट कोटिङ गर्नुपर्छ । बास्ना नआउने हेयर कलर पनि प्रयोग गर्न सकिन्छ । यसले पनि फर्निचर रस्टिङ हुन दिदैन ।

                             -सपना सापकोटा भुसाल, इन्टेरियर डिजाइनर    

 Image