Successfully Copied

फूल बिरुवाका लागि उपयुक्त समय

वर्षा बोट–बिरुवा रोप्ने, सार्ने र फुल्ने मौसम हो । बिरुवा रोप्ने, सार्ने आदि काम विशेषत: वर्षामै गरिन्छ । वर्षा फूल तथा फलफूल रोप्ने समय पनि हो । सुन्तला, अनार, जुनार, अम्बा, भोगटे, स्याउ आदि फलफूल वर्षामै रोपिन्छ ।

वर्षा बोट–बिरुवा रोप्ने, सार्ने र फुल्ने मौसम हो । बिरुवा रोप्ने, सार्ने आदि काम विशेषत: वर्षामै गरिन्छ । वर्षा फूल तथा फलफूल रोप्ने समय पनि हो । सुन्तला, अनार, जुनार, अम्बा, भोगटे, स्याउ आदि फलफूल वर्षामै रोपिन्छ । गुलाब, केनेलिया, इन्द्रकमल, हेबिस्कस, टिकुमा, बेगनबेली, पारिजात आदि फूलका बिरुवा रोप्ने समय पनि वर्षा अर्थात् असार–साउन हो । यो समयमा इन्फेसन, साल्बिया, बेगनबेली, हेबिस्कस, सिजरेन, डबल एलेजिया, जिनिया, डालिया आदि फूल फुल्छन् । कटिङ गर्नुपर्ने बोट–बिरुवा सार्ने समय पनि यही नै हो ।

वर्षामा अरू समयको तुलनामा बोट–बिरुवा तथा फूलबारीलाई बढी समय दिनुपर्छ । मुख्यत: यो समयमा झार गोडमेल गर्नुपर्छ भने बोट–बिरुवामा कीरा लाग्ने समय पनि वर्षा नै हो । यतिबेला विभिन्न रोगबाट फूल–बिरुवालाई जोगाउने चुनौती थपिन्छ जसका लागि कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ ।

औषधिको प्रयोग

फूल रोप्दा विषादीको प्रयोगमा पनि ध्यान पुर्‍याउनुपर्छ । फूलमा कीरा लाग्यो भनेर विषादी छर्दा शत्रु कीरासँगै मित्र कीरा मरेर फूलको वृद्धि रोकिन सक्छ । बरु त्यस्तो अवस्थामा खरानी पानी, साबुन पानी, गहुँत वा अन्य जैविक विषादी प्रयोग गर्नु उपयुक्त हुन्छ । यसैगरी कम रोग लाग्ने गुणस्तरीय बिरुवा रोप्नु तथा घरभित्र र बाहिर फरक–फरक बिरुवा रोप्नु उत्तम हुन्छ । घरभित्र बिरुवा सप्रिएन भनेर घाममा राख्दा मर्ने सम्भावना बढ्छ । माटोलाई खुकुलो बनाउने गड्यौलालाई जोगाउनुपर्छ भने माटो र फूलमा लाग्ने रातो कमिलाबाहेक सबै कमिला फाइदाजनक हुन्छन् ।

एक लिटर पानीमा रोगर्ड, नुवान वा सफलमध्ये कुनै एक औषधि तीन मिलिलिटर तथा दुई मिलिलिटरजति स्याम्पु मिसाएर स्प्रे गर्न सकिन्छ । यसबाट कीरा लाग्ने डर हुँदैन । वर्षामा फूलबारीमा पानी जम्न दिनु हुँदैन । पानीको निकास बनाई फूलहरूलाई नासिनबाट जोगाउनुपर्छ । बोट–बिरुवाका पातबाट तयार पारिएको मल हाल्दा वर्षामा बोट–बिरुवा राम्रोसँग सप्रन्छन् ।

देवप्रकाश राई

रोजडेल नर्सरी, मीनभवन  

 Image