Successfully Copied

सौन्दर्य सामग्री सत्य भ्रम

धेरैजसो प्रोडक्ट पाका उमेरका महिलाका लागि बनाइएको हुन्छ । त्यसैले आफ्नो इच्छाअनुसार यस्ता प्रोडक्ट खरिद गर्न सकिन्छ । यसमा उमेरको कुनै सीमा हुँदैन । यद्यपि ८० वर्षका महिलाहरूका लागि बनाइएको क्रिम ५० वर्षकाहरूले पनि खरिद गर्न सक्छन् तैपनि आफ्नो उमेरअनुसार क्रिम छनोट गर्नु

धारणा : स्किन केयर प्रोडक्ट खरिद गर्दा उमेरमा ध्यान दिनु जरुरी छ ।

यथार्थ : धेरैजसो प्रोडक्ट पाका उमेरका महिलाका लागि बनाइएको हुन्छ । त्यसैले आफ्नो इच्छाअनुसार यस्ता प्रोडक्ट खरिद गर्न सकिन्छ । यसमा उमेरको कुनै सीमा हुँदैन । यद्यपि ८० वर्षका महिलाहरूका लागि बनाइएको क्रिम ५० वर्षकाहरूले पनि खरिद गर्न सक्छन् तैपनि आफ्नो उमेरअनुसार क्रिम छनोट गर्नु उपयुक्त हुन्छ ।

 

धारणा : स्किन केयर प्रोडक्टले बोटोक्स तथा डर्मल फिलर्सले जस्तै असर गरिरहन्छ ।

यथार्थ : कुनै पनि अध्ययनले स्किन प्रोडक्टले बोटोक्स वा डर्मलको जस्तो काम गर्छ भन्ने कुरा बाहिर ल्याएका छैनन् । बोटोक्सले मात्र बोटोक्सको जस्तो काम गर्छ । यही कुरा डर्मल फिलर्समा पनि लागू हुन्छ । बोटोक्स तथा डर्मलको इन्जेक्सनले छाला चाउरीरहित हुन्छ । स्किन केयर प्रोडक्टले मात्र चाउरीपन हटाउँछ भन्ने सोच्नु भ्रम हो । यसका लागि बोटोक्स नै उपयुक्त माध्यम हो ।

 

धारणा : छालाका लागि मिनरल ओयल उपयुक्त होइन ?

यथार्थ : साधारणतया मिनरल ओयलका बारेमा गलत धारणा छ । सत्य के हो भने यो काँचो तेलबाट बनाइएको हुन्छ । यो पूर्णरूपमा प्राकृतिक हुन्छ, जुन नोक्सानदायक हुँदैन । यसको प्रयोग पूर्णरूपमा सुरक्षित हुन्छ । मिनरल ओयल सुख्खा छालाका लागि लाभदायक हुन्छ ।

धारणा : ब्ल्याक हेड्स छालाको सरसफाइसँग सम्बन्धित समस्या हो ।

सत्य : ब्ल्याक हेड्स छालाको सफाइसँग सम्बन्धित हुँदैन । हार्मोनल परिवर्तनसँगै सिबम ग्ल्यान्ड बढी क्रियाशील भएर सिबम निस्कन्छ जुन ब्ल्याक हेड्स हुने मुख्य कारण हो ।

 Image