Successfully Copied

उच्च रक्तचापले मुटु र आँखामा समस्या पार्छ

उच्च रक्तचाप मुटुसँग सम्बन्धित रोग हो । विश्वव्यापी समस्या बनेको यो रोग नेपाली तथा दक्षिण एसियाली युवाहरूमा पनि देखा परेको छ । उच्च रक्तचाप भएकालाई पछि गएर मिर्गौला, मुटु तथा आँखासम्बन्धी समस्या हुनसक्छ ।

उच्च रक्तचाप कस्तो रोग हो ?

उच्च रक्तचाप मुटुसँग सम्बन्धित रोग हो । विश्वव्यापी समस्या बनेको यो रोग नेपाली तथा दक्षिण एसियाली युवाहरूमा पनि देखा परेको छ । उच्च रक्तचाप भएकालाई पछि गएर मिर्गौला, मुटु तथा आँखासम्बन्धी समस्या हुनसक्छ ।

उच्च रक्तचाप कुन उमेरका मानिसलाई बढी हुन्छ ?

यो समस्या ४० वर्ष माथिकालाई बढी देखिन्छ भनिए पनि हिजोआज बदलिँदो जीवनशैली, व्यायामको अभाव एवं खानपानका कारण युवा उमेरमै देखा पर्न थालेको छ ।

उच्च रक्तचाप हुने कारण के होला ?

सहरीकरण, औद्योगिकीकरण तथा आर्थिक विकाससँगै यो रोग पनि बढ्दै गएको छ । मोटोपन, बदलिँदो जीवनशैली, व्यायामको कमी, खानपान एवं वंशानुगत कारणले उच्च रक्तचाप हुन्छ ।

उच्च रक्तचाप भए औषधि सेवन गर्नैपर्छ भन्ने छ ?

सबैको रक्तचाप २४ घन्टामा थपघट भैरहन्छ । रक्तचाप सधै १५०/९० रहन्छ भने त्यसलाई बढ्न नदिन औषधि सेवन गर्नुपर्छ । लामो समयसम्म औषधि सेवन नगरे मुटु, आँखा तथा मिर्गौलामा असर पर्नसक्छ । मुटु सुन्निने, आँखाको प्रेसर बढ्ने तथा मिर्गौलाको कार्यक्षमतामा ह्रास आउने हुन्छ ।

रक्तचापलाई ठीक मात्रामा राख्न के गर्न सकिन्छ ?

रक्तचाप ठीक राख्न खानपानमा ध्यान पुर्‍याउनुपर्छ । चिल्लो तथा मसालेदार खाना खानुहुँदैन । सागपात तथा फलफूल प्रशस्त मात्रामा खानुपर्छ ।

                                           - डा. लक्की शर्मा

                       फिजिसियन, काठमाडौं मेडिकल कलेज, सिनामंगल

 Image