Successfully Copied

तीजको व्रत बस्दा

शरीरलाई दैनिक दुई लिटरभन्दा बढी पानी चाहिन्छ । व्रत बस्दा शरीरलाई अझ बढी पानी चाहिन्छ । नाच्दा वा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी र नुन बढी खेर जाने भएकाले शरीरलाई अझ बढी पानी चाहिन्छ । त्यसकारण तीजको व्रतमा अन्न नखाए पनि

लक्ष्मी श्रेष्ठ

नृत्यांगना

परापूर्वकालदेखि आमा, हजुरआमाहरूले निराहार व्रत बसेको देखेर–सुनेर त्यसरी नै व्रत बस्दा स्वास्थ्यमा गम्भीर असर परेको पाइन्छ । कतिपय महिला तीजका दिन पानीसमेत नपिई व्रत बस्छन् । दिनभरि पानी पनि नपिई व्रत बस्नु स्वास्थ्यका हिसाबले उपयुक्त हुँदैन । यसरी व्रत बस्दा रक्तचाप घटेर अचानक ढल्न सक्ने सम्भावना हुन्छ । यसरी व्रत बस्दा कोलस्ट्रोलको मात्रा बढेर मुटु रोग लाग्न सक्छ । टाउको दुख्ने, रिंगटा लाग्ने, कमजोर महसुस हुनेजस्ता लक्षण पनि देखा पर्छन् । व्रत बस्दा सकेसम्म समय–समयमा पानी पिउनुपर्छ भने नियमित रूपमा खानुपर्ने औषधि पनि सेवन गर्नुपर्छ । शरीर कमजोर भए व्रत बस्नु हुँदैन ।

व्रत बस्दा पानी किन पिउने ?

शरीरलाई दैनिक दुई लिटरभन्दा बढी पानी चाहिन्छ । व्रत बस्दा शरीरलाई अझ बढी पानी चाहिन्छ । नाच्दा वा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी र नुन बढी खेर जाने भएकाले शरीरलाई अझ बढी पानी चाहिन्छ । त्यसकारण तीजको व्रतमा अन्न नखाए पनि शुद्ध पानी, ग्लुकोज, जुस, फलफूल आदि खानु उत्तम हुन्छ ।

व्रतमा फलफूलको महत्व के छ ?

मानिसलाई दैनिक दुई हजारभन्दा बढी क्यालोरी चाहिन्छ । उक्त शक्ति खानाबाट प्राप्त हुन्छ । खाना नखाँदा उक्त शक्ति प्राप्त गर्न नसकिने भएकाले शरीर कमजोर भएर विभिन्न समस्या उत्पन्न हुन्छन् । त्यसकारण व्रतका दिन अन्न नखाए पनि फलफूल भने सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिन्छ ।

कस्ता महिलाले व्रत बस्नुहुँदैन ?

गर्भवती, मधुमेह, उच्च रक्तचाप तथा श्वासप्रश्वासको समस्या भएका महिलाले व्रत बस्नु हुँदैन । बस्नैपर्‍यो भने पनि फलफूल एवं पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।

व्रत बस्दाबस्दै बेहोस भए के गर्ने ?

बेहोस भएकी महिलालाई राम्रोसँग शीतल हावा चल्ने ठाउँमा लगेर हम्काउनुपर्छ । सामान्य होस आएपछि पानी, ग्लुकोज पानी वा जीवनजल ख्वाउनुपर्छ । दीर्घरोगी तथा वृद्ध महिला बेहोस भए पानी तथा ग्लुकोज सेवन गराउँदै अस्पताल पुर्‍याउनुपर्छ ।

दरमा के खाने र के नखाने ?

व्रतको अघिल्लो दिन बढी चिल्लो, पिरो एवं मसलायुक्त खाना खानु हुँदैन । अघिल्लो दिन मसलायुक्त र चिल्लो खाएर भोलिपल्ट खाली पेट बस्दा पेटको समस्या सिर्जना हुनुका साथै शरीरमा ग्लुकोजको मात्रा कम भएर बिरामी हुने खतरा हुन्छ । दरमा सकभर घरमै बनाइएका स्वस्थकर खाना मात्र खानुपर्छ । बजारमा उपलब्ध अखाद्य रंग तथा केमिकल मिसाइएका खानाले पेट दुखाउने, फुड प्वाइजनिङ आदि समस्या सिर्जना गर्नसक्छन् । दरमा अन्य परिकारहरूसँगै दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नुपर्छ ।

 Image