Successfully Copied

इन्टेरियरमा फड्को

समय धेरै नै शक्तिशाली र परिवर्तनशील छ । प्रविधिका कारण संसार नै साँघुरिँदै गएको छ । यस क्रममा इन्टेरियर टेक्नोलोजीको प्रभाव पनि बढ्दो छ । हिजोआज हरेक मानिस मेसिनझैं भएका छन् । घर खाने र सुत्ने होटलजस्तै बन्दै गएको परिप्रेक्ष्यमा घरको रूपरंगमा केही

समय धेरै नै शक्तिशाली र परिवर्तनशील छ । प्रविधिका कारण संसार नै साँघुरिँदै गएको छ । यस क्रममा इन्टेरियर टेक्नोलोजीको प्रभाव पनि बढ्दो छ । हिजोआज हरेक मानिस मेसिनझैं भएका छन् । घर खाने र सुत्ने होटलजस्तै बन्दै गएको परिप्रेक्ष्यमा घरको रूपरंगमा केही परिवर्तन गरी नयाँ देखाउने चाहना सबैमा हुन्छ । घरमा भएका सबै सामग्रीलाई व्यवस्थित रूपमा राख्नसक्नु पनि एउटा कला हो । सीमित ठाउँमा पनि थुपै्र सामग्री सम्हालेर राख्न सके घर व्यवस्थित देखिन्छ । घरको भित्तामा वालपेपर लगाएर, कुसनका खोल फेरेर, सोफाको खोल परिवर्तन गरेर, सजावटका नयाँ वस्तुहरू राखेर तथा बत्तीहरू फेरेर पनि घरलाई नयाँ रूप दिन सकिन्छ । एन्ड्रोइड लाइट, एन्ड्रोइड टेबुल बजारमा उपलब्ध हुुनुले पनि इन्टेरियरमा परेको प्रविधिको प्रभाव सहजै देख्न सकिन्छ । अहिले रिमोटका भरमा लाइट चेन्ज गर्न सकिने तथा पाहुना आउँदा एन्ड्रोइड टेबुलबाट इन्टरनेटको मज्जा लिन सकिने भएको छ ।

अन्य क्षेत्रजस्तै इन्टेरियर डिजाइन पनि विश्वव्यापी रूपमै परिचित छ । आधुनिक सामानहरूको उपयुक्त छनोट, उपयुक्त धारणा एवं सतर्कताले इन्टेरियर डिजाइनलाई विस्तारित गर्दै नयाँ शैली दिएको छ । आजको इन्टेरियर डिजाइन पहिले चलेको परिभाषाभन्दा पनि घरधनीको व्यक्तिगत रुचि एवं ढाँचाअनुरूप ढल्कदै गएको देखिन्छ । फेरि हिजोआजको महँगी तथा सानो ठाउँको उपलब्धताले पनि थोरै क्षेत्रफलमा धेरै कुरालाई व्यवस्थित गर्नुपर्ने बाध्यता छ । त्यसमा जातीय शैलीसँग मेल हुने गरी गरिएको डिजाइन पनि चलिआएको छ । अहिले किचेन, डाइनिङ, लिभिङ रुम तथा आफ्नो बेड रुमलाई इन्टेरियर डिजाइनरसँग सल्लाह गरी अन्तिम रूप दिनेहरू धेरै छन् । कतिपय पुराना घरमा पनि भित्री स्वरूपलाई मोडिफाइ गरेर नयाँ लुक्स दिन थालिएको छ । अहिले मानिसहरू आफ्नो घरमा डिजाइनर बारसमेत राख्न चाहन्छन् । थाकेर आउँदा केही क्षण रमाउन तथा घरमा गेट टु गेदर हुँदा प्रयोग गर्न घरको कुनै स्थानमा बार बनाउने चलन छ ।

हिजोआज पहिलेजस्तो किचेनका लागि पूरै फ्ल्याट छोड्ने समय छैन । एउटा सानो स्पेसमा मोडुलर किचेन हरेकको रोजाइ बनिसकेको छ । एकताका ओरेन्ज, पर्पल, प्यारोट ग्रिन, रेड आदि चम्किला रंगले किचेन, लबी एवं डाइनिङ सजाउने चलन थियो तर अहिले ह्वाइट, लाइट ब्राउन, क्रिमजस्ता सोबर कलरको दबदबा छ । त्यसमा पनि पूरै एउटै कलरले भित्ता सजाउनुको साटो एउटा भित्तामा डार्क कलर, वालपेपर वा वाल पेन्टिङले कोठालाई अझ आकर्षक देखाउन सकिन्छ । किचेनमा पहिलेको तुलनामा धेरै नै परिवर्तन आएको छ । अहिले सरसफाइ गर्न सजिलो हुनुका साथै नयाँ–नयाँ इक्विपमेन्टहरू लिएर एउटा व्यवस्थित किचेनको डिजाइन तयार गरिन्छ । किचेनलाई कलरफूल बनाउनुभन्दा शीतल, शान्त देखिने ब्ल्याक एण्ड ह्वाइट, क्रिम तथा ब्राउन कलरको थिममा सजाउन थालिएको छ । सेतो तथा क्रिम कलरले उज्यालो दिनुका साथै एलिगेन्ट लुक्स पनि प्रदान गर्छ ।

घरमा आएका हरेक पाहुना सबैभन्दा पहिले लिभिङ रुममै पुग्छन् । त्यसैले त्यसको सजावट सबैभन्दा विशेष हुनुपर्छ । लिभिङ रुममा हेलोजिन, डिम वा आफ्नो रोजाइको कुनै ड्रामेटिक लाइट राख्न सकिन्छ । यसैगरी लिभिङ रुमको एउटा भित्तामा वालपेपर प्रयोग गरी त्यसलाई नयाँ लुक दिन सकिन्छ । कुनै एउटा भित्तामा फरक–फरक प्रकारको आर्टवर्क वा तस्बिर सजाएर पनि लिभिङ रुममा नयाँ लुक सिर्जना गर्न सकिन्छ । पुस्तकमा रुचि छ भने ग्लासका बुक सेल्फ लिभिङ रुमको शोभा बढाउन उपयुक्त हुन्छन् ।

नयाँ–नयाँ प्लान्ट्स राखेर पनि लिभिङ रुमको रौनक बढाउन सकिन्छ । बाथरुम पनि घरका अन्य कोठासँग मिल्दाजुल्दा हुन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । एक्रेलिक बाथटब वा वास वेसिनको स्थान परिवर्तन गरी बाथरुमलाई नयाँ लुक प्रदान गर्न सकिन्छ । नयाँ सावर लगाएर बाथरुममा नयाँ लुक दिन सकिन्छ । ठूलो ऐना राख्दा बाथरुम नै ठूलो देखिन्छ । ठूलो टाइल्स लगाउँदा पनि बाथरुम ठूलो देखिन्छ । बाथरुमका लागि एसेसरिज छनोट गर्दा एलो, ओरेन्ज ओलिभ ग्रिन, रोयल ब्लुजस्ता फ्रेस कलरलाई प्राथमिकतामा राख्नुपर्छ ।

हेबी फर्निचर राख्नु भन्दा हल्का तर डिजाइनर लुक्सका आधुनिक फर्निचर राखेर घरलाई मोर्डन टच दिने चलन छ भने क्लासिक लुक्सका लागि कुनै एउटा एरिया त्यसैअनुरूप फर्निचर सेट गरी घरलाई फ्युजन गर्न सकिन्छ । अहिले बहुउद्देश्यीय फर्निचरको बजार पनि ह््वात्तै बढेको छ । र्‍याक र पार्टेसनको काम गरी दराज र भित्ता एउटै बनाउन सकिन्छ ।

वर्तमान युगका मानिस आरामको जीवन बिताउन इन्टेरियरमा खर्च गर्न कन्जुस्याईं गर्दैनन् । फलस्वरूप नेपाली इन्टेरियरले समेत पूरै फड्को मारेको छ ।  

 Image