Successfully Copied

नम्रता फेरि रंगमञ्चको यात्रामा

चलचित्रबाट रंगमञ्चतिर तानिएका कलाकार मध्ये एउटा नाम हो नम्रता श्रेष्ठ । उनले अभिनय गरेको नाटक ‘यार्मा’ ले ३ वर्ष अघि राम्रो चर्चा पाएको थियो । नारी मनोविज्ञानलाई यो नाटक मार्फत अभिनय गरेर नम्रताले धेरैको मन जितेकी थिईन् ।उनै फेरि नयाँ नाटकमा देखिँदै छिन्

चलचित्रबाट रंगमञ्चतिर तानिएका कलाकार मध्ये एउटा नाम हो नम्रता श्रेष्ठ । उनले अभिनय गरेको नाटक ‘यार्मा’ ले ३ वर्ष अघि राम्रो चर्चा पाएको थियो । नारी मनोविज्ञानलाई यो नाटक मार्फत अभिनय गरेर नम्रताले धेरैको मन जितेकी थिईन् ।उनै फेरि नयाँ नाटकमा देखिँदै छिन् ।

अमेरिकी रंगकर्मी डेबोरा मेलाराले निर्देशन गरेको नाटक ‘गोल्डेन ब्वाई’ मा नम्रतासहित राजकुमार पुडासैनी, सरोज अर्याललगायत देखिँदै छन् । नाटकमा अमेरिकी रं गकर्मी अलेजान्द्रो ई मेरोलाको अभिनय रहने पत्रकार सम्मेलनमा बताइयो ।

अमेरिकी नाटककार क्लिफोर्ड ओडेट्सको नाटकलाई वान वल्र्ड थिएटर र हाइली हाई इन्टरटेन्मेन्टले नेपालमा प्रस्तुत गर्न लागेका हुन् । अंग्रेजी भाषाको यो नाटक त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सेप्टेम्बर १ देखि १० सम्म मञ्चन हुनेछ । अमेरिकाको न्युर्योक सिटीको सेटिङ रहेको नाटक ‘गोल्डेन ब्वाई’ १९३७ मा पहिलो पटक मञ्चन गरिएको थियो ।

नाटकमा एउटा बक्सरको व्यावसायिक अवस्था र उनीहरूको जीवनबारे समेटिएको पत्रकार सम्मेलनमा बताइयो । एउटा कर्मशील बक्सरलाई सामानजस्तै व्यापारीहरूले कसरी गलत प्रयोग गर्छन् भन्ने तीतो यर्थाथ नाटकले समेटेको रगंकर्मी पुडासैनीले बताए । नाटकमा फाइटिङ, रोमान्स र सन्देशसागै मनोरञ्जन रहेको पत्रकार सम्मेलनमा बताइयो । अभिनेत्री नम्रताको भने यो तेस्रो नाटक हो ।  

 Image