Successfully Copied

टिसाको उपलब्धि

टिसा शाक्य एकाएक चर्चित भइन् । गत महिना हंगेरीको बूढापेस्टमा सम्पन्न १७ औं फिना विश्व पौडी च्याम्पियनसीपमा उनले राष्ट्रिय कीर्तिमान रचिन् । टिसाले उक्त प्रतिस्पर्धामा १ सय मिटर ब्रेस्ट स्ट्रोकमा १ मिनेट २६ दशमलव १३ सेकेन्डको समय निकालेकी थिइन् ।

गौरिका सिंहले सन् २०१५ मा काठमाडौंमा सम्पन्न २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको १ मिनेट २६ दशमलव ७२ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेपछि टिसाको चर्चा चुलिएको हो । नेवारी भाषामा टिसाको अर्थ गहना हो ।

न्यूरोडका गहना व्यवसायी सागर शाक्य तथा शान्ति स्थापितका दुई छोरीमध्ये जेठी टिसा अहिले देशकै ‘गहना’ बन्ने प्रयासमा छिन् । १४ वर्षीया टिसाले हंगेरीका लागि भएको छनोट प्रतियोगितामा नेपालकी नम्बर एक पौडीवाज सोफिया शाहलाई हराएकी थिइन् । गत वर्ष सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि उनले तीन स्वर्ण हात पारेकी थिइन् । टिसा लिंकन स्कुलमा कक्षा ९ अध्ययनरत छिन् ।  

 Image