Successfully Copied

मोटोपन घटाउन

- स्लिम हुन चाहनेहरूले खानपानदेखि लिएर शारीरिक व्यायाममा समेत सजगता अपनाउनुपर्छ । - शरीरमा क्यालोरीको मात्रा आवश्यकभन्दा बढी भए त्यसलाई घटाउन शारीरिक व्यायामलाई बढाउँदै लानुपर्छ, जसका कारण अनावश्यक क्यालोरी कटौती हुँदै जान्छ ।

-  स्लिम हुन चाहनेहरूले खानपानदेखि लिएर शारीरिक व्यायाममा समेत सजगता अपनाउनुपर्छ ।

- शरीरमा क्यालोरीको मात्रा आवश्यकभन्दा बढी भए त्यसलाई घटाउन शारीरिक व्यायामलाई बढाउँदै लानुपर्छ, जसका कारण अनावश्यक क्यालोरी कटौती हुँदै जान्छ ।

-  छिटो र धेरै तौल घटाउने चक्करमा पर्नु हुँदैन । त्यसो गर्दा शरीरका अन्य अंग खराब हुन सक्छन् र पखाला चल्ने, रिंगटा लाग्ने, मुटुमा समस्या आदि देखा पर्न सक्छ ।

-  बिस्तारै र नियमपूर्वक थोरै–थोरै गर्दै तौल घटाउनुपर्छ । बिस्तारै मोटोपन घटाउँदा ढिलो तर दीर्घकालीन नतिजा हात लाग्छ ।

-  विज्ञहरूका अनुसार कम्तीमा पनि ६ देखि ९ महिना व्यायाम गर्नुपर्छ ।

- असन्तुलित खानाले मधुमेह हुने सम्भावना हुन्छ । छिटो–छिटो तौल घटाउने योजनाले तौल घटाउनुभन्दा पनि अन्य स्वास्थ्य समस्या थपिन सक्छ ।

 Image