Successfully Copied

कम्युनिकेसन ग्याप

- समय अभावका सम्बन्धमा बिलौना गर्नु ठीक होइन । - यदि सम्बन्धमा कम्युनिकेसन ग्याप हुन्छ भने त्यसको पहिचान गरी जीवनशैली बदल्नुपर्छ ।

-   समय अभावका सम्बन्धमा बिलौना गर्नु ठीक होइन ।

-   यदि सम्बन्धमा कम्युनिकेसन ग्याप हुन्छ भने त्यसको पहिचान गरी जीवनशैली बदल्नुपर्छ ।

-  कुराकानीबाट समस्या सुल्झाउनुको साटो आ–आफ्नै संसारमा मस्त रहँदा दूरी बढ्दै जान्छ ।

-   हिजोआज अधिकांश मानिस आफ्नो कामका बारेमा चिन्तित अनि व्यस्त रहन्छन् । त्यस्तो बानीले कम्युनिकेसन ग्याप बढाउँछ ।

-  परिवार हुन् वा साथीभाइ, उनीहरूका लागि थोरै भए पनि समय निकाल्नुपर्छ ।

-  सोसल नेटवर्किङ साइट्स तथा इन्टरनेटका कारण हाम्रो संसार तीव्र गतिमा परिवर्तन हुँदैछ । अनलाइन फ्रेन्ड्ससित कुरा गर्न अब सहज भएको छ तर आफ्नै घरका परिवारजनसित कुरा गर्न धेरै कठिन छ । यसकारण, यस्ता कुराप्रति बेलैमा गम्भीर भएर सोच्न र सम्बन्धमा दुरी बढ्ने कुरामा सचेत हुन जरुरी छ ।

-   हरेक समय कार्यालय र मित्रजनका बीच नरहौं, परिवारका लागि पनि समय निकालौं ।

 Image