Successfully Copied

भित्तामा रंगको प्रभाव

केही वर्षअघिसम्म हुनेखानेहरूको घरको भित्तामा मात्र राम्रो रंग लगाइन्थ्यो भने बजारमा उपलब्ध रंगहरू पनि कमै मात्र थिए । अहिले बढ्दो हाउजिङ–अपार्टमेन्ट संस्कृतिलगायत घर मानिसको जीवनको पहिलो प्राथमिकतामा पर्न थालेकाले रंगको बजार फराकिलो हुँदै गएको छ । त्यति मात्र होइन घर बनाइसकेपछि रंग सबैभन्दा

                                                                   -   निभा जोशी, आर्किटेक्ट

केही वर्षअघिसम्म हुनेखानेहरूको घरको भित्तामा मात्र राम्रो रंग लगाइन्थ्यो भने बजारमा उपलब्ध रंगहरू पनि कमै मात्र थिए । अहिले बढ्दो हाउजिङ–अपार्टमेन्ट संस्कृतिलगायत घर मानिसको जीवनको पहिलो प्राथमिकतामा पर्न थालेकाले रंगको बजार फराकिलो हुँदै गएको छ । त्यति मात्र होइन घर बनाइसकेपछि रंग सबैभन्दा मुख्य विषय हुन थालेको छ ।

भित्तामा लगाइने रंगले घरलाई थप आकर्षक बनाउनुका साथै कोठाको आकारलाई पनि प्रभावित गर्छ । सानो कोठाको भित्तामा कहिल्यै डार्क रंग लगाउनु हुँदैन । यसले कोठा अझ सानो देखाउँछ । लाइट कलर लगाउँदा कोठा ठूलो देखिन्छ । लाइट कलरले कोठालाई पूर्णरूपमा उज्यालो बनाउँछ । सानो कोठाका लागि सिलिङमा सादा सेतो रंग प्रयोग

गर्न सकिन्छ ।

अहिले नेपाली बजारमा बर्जर, पशुपति, एसियन आदि रंगका ब्रान्ड लोकप्रिय मानिन्छन् । यी ब्रान्डका रंग दशकौंदेखि नेपाली बजारमा उपलब्ध हुँदै आएका छन् । यी ब्रान्डका ह्वाइट वेदरकोट, डिस्टेम्पर, लेमन ग्रिन, म्याट, चकलेट, मरुन रेड, लाइट एल्लो, पिंक आदि रंग बढी चल्तीमा छन् ।

रंगमा डिस्टेम्पर, इमल्सन, अन्डरकोट आदि रंग बढी बिक्री हुन्छन् भने अन्य सयौं भेराइटीका कलरका साथै दुई वा तीन रंग मिसाएर तयार पारिएको फरक लुक्स आउने कलर पनि सर्वाधिक रुचाइएको छ । स्पेशल इफेक्ट्स, इमल्सन, मेटल फिनिसेस, डिस्टेम्पर, एक्सटेरियर–इन्टेरियर पेन्ट्स, अन्डरकोटजस्ता पेन्ट्स वाटरप्रुफ अनि वर्षौं टिक्ने खालका हुन्छन् ।

परम्परागत लुक

परम्परागत लुकका लागि भित्तामा गाढा सेड्स पेन्ट गर्नुपर्छ । हरेक कोठा विशेष देखिनका लागि लाई फरक–फरक रंगले सजाउनुपर्छ । हेभी वाल डेकोर जस्तै डिजाइनर फ्रेम भएको ऐना, पेन्टिङ आदिले कोठालाई परम्परागत लुक दिनुपर्छ ।

मोर्डन लुक

मोर्डन डेकोरका लागि कन्ट्रास्ट सेड्सले भित्ता पेन्ट गर्नुपर्छ । मोडर्न लुकका लागि ह्वाइट कलर पनि उपयुक्त हुन्छ । भित्तालाई सादा राखेर डार्क इन्टेरियर एसेसरिजले सजाउँदा पनि घर स्टाइलिस देखिन्छ ।

सफ्ट लुक

घरलाई सफ्ट लुक दिन भित्तामा ह्वाइट, क्रिम, बेबी पिंक, पिच आदि लाइट सेड्स पेन्ट गर्नुपर्छ । दुई सफ्ट सेड्सको कम्बिनेसनबाट पनि आफ्नो ड्रिम घरलाई सफ्ट लुक प्रदान गर्न सकिन्छ ।

न्यू लुक

हिजोआज भित्तामा रंग लगाउने मात्र नभै कलाकारद्वारा वालपेन्ट गराई घरलाई न्यू लुक दिन थालिएको छ । यसका साथै भित्तामा फेमिली ट्री पेन्ट गराई पारिवारिक तस्बिरहरू पनि झुन्ड्याउन सकिन्छ । बालबालिकाहरूको कोठामा कार्टुन, बार्बी तथा फ्लावर प्रिन्टले कोठालाई त्यत्तिकै आकर्षक बनाउँछ । प्रकृतिको नजिक देखाउन घरको भित्तामा ग्रिन कलर पेन्ट गर्नुपर्छ । यसका लागि बुडन इफेक्ट भएका सेड्स पनि छनोट गर्न सकिन्छ । वाल डेकोरका लागि काठको वेस्टबाट बनेका वालपेपर पनि प्रयोग गर्न सकिन्छ ।

 Image