Successfully Copied

नायिका पछि अब गायिका

आधा दर्जनभन्दा बढि चलचित्र, चार दर्जन भन्दा बढि म्युजिक भिडियो र एकदर्जन जति विज्ञापनहरुमा अभिनय गरेकी अभिनेत्री (नायिका) सारिका घिमिरेले आफुलाई गायिकाका रुपमा परिचय बनाउने प्रयास गरेकी छिन् ।

आधा दर्जनभन्दा बढि चलचित्र, चार दर्जन भन्दा बढि म्युजिक भिडियो र एकदर्जन जति विज्ञापनहरुमा अभिनय गरेकी अभिनेत्री (नायिका) सारिका घिमिरेले आफुलाई गायिकाका रुपमा परिचय बनाउने प्रयास गरेकी छिन् । उनको एकल स्वर रहेको गिति एल्बम ‘मोहनी’को आज संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटाले विमोचन गरेका छन् । बागबजारस्थित फिल्म हल सिटीम्याक्समा आयोजित विमोचन कार्यक्रममा संगीतकार राजु सिंह, सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, गायिका संगीता रानालगायतले सारिकालाई गायिकाका रुपमा यात्रा अघि बढाएकोमा शुभकामना दिएका थिए ।

सारिकाको गिति एल्वम भित्र चार वटा गीत रहेका छन् । रमेश थापा मगरको शब्द तथा जीतेन लेप्चाको सङ्गीत रहेको के देखेर माया लायौ, शान्तिप्रियको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको मुलको पानी, सारिका घिमिरेको शब्द तथा सारिकाकै सङ्गीत रहेको छमछम, सारिका घिमिरेकै शब्द तथा डेनी निरौलाको सङ्गीत रहेको सान्नानी बोलको गीतहरु रहेका छन् । यस एल्बमको दुई गीतमा गायिका घिमिरेको आफ्नै शब्द रहेको छ भने एउटा गीतमा सङ्गीत पनि उनले भरेकी छिन् ।

कार्यक्रममा एल्बममा समावेश गीत ‘के देख्यौ माया लायौ ’को म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । भिडियोमा गायिका आफैं मोडलको रुपमा देखीएकी छिन् भने उनलाई अभिनेता पुष्पल खड्काले साथ दिएका छन् ।

सुव्रतराज आचार्यले निर्देशन गरेको भिडियोलाई अर्जुन घिमिरेले खिचेका हुन्, जसलाई भरत रेग्मीले निकै आकर्षक ग्राफिक्सको साथमा सम्पादन गरेका छन् । कार्यक्रममा गायिका घिमिरेले ‘अभिनय र गायन दुवै विधालाई संगै लैजाने बताउँदै भनिन् ‘मेरो लागि दुवै प्यारा छन् । गायन र अभिनय मेरो रुची र चाहनाको क्षेत्र हो । मैले सङ्गीतको औपचारिक शिक्षा समेत लिएकी छु ।’

म्युजिक भिडियोको लिंक :

 Image