Successfully Copied

‘जुनकिरी’ मार्फत माझी बस्तीको उज्यालो खोज्दै नानी

रंगमञ्चकी कलाकार थापा ‘एकीकृत माझी नमूना बस्ती विकास’का लागि टेवा पुर्‍याउने उद्देश्य सहित यतिबेला नाचघरको मञ्चमा एक्लै मञ्चन भैरहेकी छिन् । आफ्नै लेखन तथा निर्देशन रहेको नाटक ‘जुनकिरी’का साथमा यतिबेला नानीले दर्शकको मन पनि राम्रैसँग जितिरहेकी छिन् ।

समाज सेवाका लागि पछिल्लो समय थुप्रै विशेष कामहरु हुँदै आएका छन् । यहि विशेष कामको सूचिमा दरिलो उपस्थिती साथ आएकी छिन् पछिल्लो पुस्ताकी रंगकर्मी नानी थापा । रंगमञ्चकी कलाकार थापा ‘एकीकृत माझी नमूना बस्ती विकास’का लागि टेवा पुर्‍याउने उद्देश्य सहित यतिबेला नाचघरको मञ्चमा एक्लै मञ्चन भैरहेकी छिन् । आफ्नै लेखन तथा निर्देशन रहेको नाटक ‘जुनकिरी’का साथमा यतिबेला नानीले दर्शकको मन पनि राम्रैसँग जितिरहेकी छिन् ।

मञ्चमा एउटी चञ्चले स्कुले बालिकादेखि आमाको भूमिकामा प्रस्तुत भएर उक्त प्रस्तुती मार्फत संकलित रकम सिन्धुपाल्चोकको एकीकृत माझी नमूना बस्ती विकासका लागि सहयोग गर्ने उनले बताएकी छिन् । नाटक मार्फत नानीले एकै मञ्चबाट गीत, कविता, प्रेम, रोदन, आत्मसम्मान, हाँस्य लगायत सबै भावनाहरूलाई विभिन्न चरणमा चित्रण गर्ने जमर्को गरेही छिन् ।

नाचघरमा भदौ २६ गतेदेखि सुरू भएको जुनकिरी असोज ५ गतेसम्म चल्ने थापाले जानकारी दिईन् । उनले दिउँसो २ बजे र बेलुकी ५ बजे गरी दैनिक २ शो मञ्चन गर्दै आएकी छन् । श्वेता श्री फाउण्डेशन सहयोगार्थ लोटस फोटोग्राफी स्कुलको प्रस्तुती रहेको नाटक ‘जुनकिरी’ एक वर्ष अघि नै नाटकघरमा मञ्चन भएर दर्शकको मन जित्न सफल नाटक हो । माझी बस्तीको विकासको लागि पुन: मञ्चन गरिएको यो नाटक शो बाट उठेका सम्पूर्ण रकम सोही बस्तीलाई हस्तान्तरण गर्ने नानीले बताईन् ।

 Image