Successfully Copied

गृह निर्माण कला

जीवनशैलीका कारण हिजोआजका कामकाजी महिलाहरूले चाहेर पनि घरका लागि समय दिन सकेका हुँदैनन् । समय नभएपछि घरलाई आफूले चाहेजस्तो बनाउन पनि गार्‍है हुन्छ । फेरि एउटै इन्टेरियरबाट मोनोटोनस अनुभव गर्ने धेरै हुन्छन् तर कसरी घरको स्वरूपलाई फरक देखाउने भन्ने कला सबैमा हुँदैन ।

               -  सपना भुसाल

   इन्टेरियर डिजाइनर, बेलाकासा  

जीवनशैलीका कारण हिजोआजका कामकाजी महिलाहरूले चाहेर पनि घरका लागि समय दिन सकेका हुँदैनन् । समय नभएपछि घरलाई आफूले चाहेजस्तो बनाउन पनि गार्‍है हुन्छ । फेरि एउटै इन्टेरियरबाट मोनोटोनस अनुभव गर्ने धेरै हुन्छन् तर कसरी घरको स्वरूपलाई फरक देखाउने भन्ने कला सबैमा हुँदैन । एकैछिन भए पनि घरको अवस्थालाई राम्रोसँग विचार गरेर समय दिने हो भने घरको स्वरूप फेर्न गार्‍हो हुँदैन । सजिलैसँग केही कुरालाई हटाएर, थपेर वा ठाउँ परिवर्तन गरेर नयाँपन दिन सकिन्छ । घरमा भएका सबै सामग्रीलाई व्यवस्थित रूपमा राख्न सक्नु पनि एउटा कला हो । सीमित ठाउँमा पनि थुपै्र सामग्री सम्हालेर राख्न सके घर व्यवस्थित देखिन्छ ।

दसैंका बेला भित्तामा वालपेपर लगाएर, कुसन कभरहरू फेरेर, सोफाको कभर परिवर्तन गरेर, सजावटका नयाँ वस्तुहरू राखेर तथा बत्तीहरू फेरेर पनि घरलाई नयाँ स्वरूप दिन सकिन्छ । पुराना पर्दाको ठाउँमा नयाँ पर्दा वा जाडोको आगमनसँगै न्याना कलरका बाक्ला पर्दा प्रयोग गरेर पनि कोठालाई नयाँ लुक दिन सकिन्छ । मार्बल फ्लोरिङबाट दिक्क लागेको भए चाडपर्वको मौकामा फ्लोरिङ नै बदल्न सकिन्छ । अहिले फ्लोरिङमा वुडन सेडको प्रयोग बढेको छ । त्यसमा पनि क्यालियो वुडन जस्तो देखिने हेवी टाट फ्लोरिङ इन्टेरियरको पहिलो च्वाइस हुँदैछ । इपक्सीजस्ता नयाँ फ्लोरिङ पनि बजारमा आइरहेका छन् । अहिले बजारमा उपलब्ध कलरफुल रग्स वा फ्लावर सेपको कार्पेट तथा ह्यान्डमेड गलैंचा लिभिङ एरिया वा बेडको साइडमा राख्दा मात्र पनि नयाँ लुक्स प्राप्त हुन्छ । चाडपर्वको मौकामा लबीमा समेत डिजाइनर कार्पेट राखेर घरलाई सुन्दर तथा न्यानो बनाउन सकिन्छ ।

यसले घरको इन्टेरियरलाई बेग्लै लुक्स मात्र नदिई क्लासीसमेत बनाउँछ ।  पुराना घरका कोठा केही साना हुन्छन् । हिजोआज ठूल्ठूला कोठाको ट्रेन्ड छ । त्यसका लागि हल्का खुल्ला राखेर दुईवटा कोठालाई एउटै बनाउन अर्थात् मर्ज गर्न सकिन्छ । यसरी दुईवटा कोठालाई मर्ज गर्नासाथ घरको रेनोभेसन नै भएजस्तो देखिन्छ । त्यसपछि उक्त कोठामा फ्लोरिङ, फर्निचर, पर्दा तथा कुसन कभर आदिको प्रयोगले थप नयाँ लुक सिर्जना हुन्छ । घरमा फल सिलिङ छैन भने फल सिलिङ राखेर डिजाइन दिन सकिन्छ । सिटिङ एरेन्ज तथा सोफाको डिजाइन चेन्ज गर्नेबित्तिकै पनि कोठाले नयाँ स्वरूप प्राप्त गर्छ ।

दसैंमा घरको कलर चेन्ज गर्ने सोच धेरैमा हुन्छ । यतिबेला किचेन, डाइनिङ, बेडरुम तथा लिभिङ रुमको कलर फेर्न सकिन्छ । कुनै–कुनै वालमा वालपेपर लगाएर घरलाई थप आकर्षक बनाउन सकिन्छ । दसैंको मौकामा भित्ताको रंग चेन्ज गरी नयाँ देखाउने रहर छ भने पूरै भित्ताको रंग नफेरी कोठाको एउटा मात्र वालमा हाइलाइट हुने गरी वालपेपर लगाउन सकिन्छ ।

कोठाको फेब्रिक, वाल कलर तथा फर्निचरहरूलाई ध्यानमा राखी म्याच हुने कलरको वालपेपर प्रयोग गर्नुपर्छ । भित्तामा रंग मात्र प्रयोग नगरी वाल पेन्ट गराई घरलाई नयाँ लुक दिन सकिन्छ । भित्तामा फेमिली ट्रि पेन्ट गराई पारिवारिक तस्बिरहरू ह्याङ गर्न सकिन्छ । त्यस्तै बालबालिकाहरूको कोठामा कार्टुन, बार्बी, फ्लावर प्रिन्ट आदि राख्दा कोठा आकर्षक देखिन्छ । वाल डेकोरका लागि काठको वेस्टबाट बनेका वालपेपर पनि प्रयोग गर्न सकिन्छ । चाडपर्वका बेला घरको बाहिरी भागलाई भन्दा भित्री भागको सजावट तथा डिजाइन परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्छ । कोठाका खाली वालहरूमा केही फ्रेम तथा आर्ट थप्न सकिन्छ ।

अहिले सिएसी जालीको ट्ेरन्ड छ ।

फिक्स पार्टिसन छ भने त्यसलाई हटाएर सिएमसी पार्टिसन गर्न सकिन्छ । यसले गर्दा पार्टिसन पनि हुन्छ र उज्यालो पनि छेकिँदैन । कोठामा एक–दुईवटा इन्डोर प्लान्ट राख्दा घरमा विल्कुलै नयाँपन आउँछ । घरका झ्याल–ढोकाहरूलाई रंगरोगन गरी नयाँ बनाउन सकिन्छ । डोर फ्रेम रनर राखेर ढोकालाई आकर्षक लुक दिन सकिन्छ । मेन्टेनेन्स गर्न सकिन्छ भने घरबाहिर फिस ट्यांक राख्नु उपयुक्त हुन्छ । कोठाको उज्यालोअनुसार आवश्यक भए बत्तीहरू थप्न सकिन्छ । कोठामा एयर सर्कुलेसनको कमी छ भने प्रकाश र हावा आउने उपाय अपनाउनुपर्छ । घरको आवश्यकता र आफ्नो चाहनाबमोजिम केही कुरा हटाएर अथवा केही कुरा थपेर वा फेरेर घरलाई नयाँ रूप दिन सकिन्छ ।

अहिले पहिलेजस्तो टिभी र्‍याकको फेसन छैन । स्लिम टिभीको जमानाले गर्दा कोठा नै ढाक्ने ठूला र्‍याकहरू घरबाट हट्दैछन् । तिनको ठाउँ स्लिम टिभी र स्लिम र्‍याकहरूले लिएका छन् । यस्ता स्लिम सामग्रीले कोठालाई ठूलो र खुल्ला देखाउँछन् ।

कोठाको पुनर्निर्माणका लागि फर्निचर फेर्न सकिन्छ । अहिले फर्निचरको बजारमा पोर्टेबल तथा फोल्ड गर्न मिल्ने फर्निचरहरू भित्रिएका छन् । पहिले जस्तो ठूलो स्पेस नखाने हुँदा यस्ता फर्निचर प्रयोग गरी घरलाई सफा, चिटिक्क र स्मार्ट बनाउन सकिन्छ । त्यस्तै बालबालिकाहरूको कोठाका लागि विभिन्न किसिमका बेडकम स्टडी टेबल उपलब्ध छन् । अहिले बालबालिकाहरूलाई नै लक्षित गरी किड्स फ्लोरिङ पनि बजारमा भित्रिएका छन् । सफ्ट फ्लोरिङ भएकाले यसमा चोटपटक लाग्ने सम्भावना कम हुन्छ । यसरी नयाँ भित्रिएका कुनै पनि इन्टेरियर सामग्री प्रयोग गरेर घरको जुनसुकै पार्टको रिनोभेसन गर्न सकिन्छ । व्यस्त जीवनशैलीलाई लक्षित गरी बजारमा विभिन्न किसिमका इन्टेरियर सामग्री भित्रिरहेका छन् । त्यसमा पनि यसपटकको दसैंमा सफा गर्न सजिलो, कम मेन्टेनेन्स लाग्ने तथा एन्टी ब्याक्टेरियायुक्त इपक्सी फ्लोरिङ बजारमा आएको छ ।

पुराना फर्निचरमा ग्लास प्रयोग गरेर बैठकलाई नयाँपन दिन सकिन्छ । लिभिङ रुममा राखिने टेबल तथा डाइनिङ टेबलमा अहिले ग्लासको प्रयोग बढेको छ । लिभिङ रुममा ग्लास सेल्फ बनाएर त्यसमा कलाकृतिहरू सजाउन सकिन्छ । ग्लासको बुक सेल्फ पनि सुन्दर हुन्छ र त्यसबाट डेकोर पनि राम्रो देखिन्छ । ग्लासलाई काठका साथमा मात्र प्रयोग गर्नुपर्छ भन्ने छैन । यो स्टोनका पिलर्स वा टेबलमुनि लगाइएको स्टोनका साथ पनिसुन्दर देखिन्छ । केही नयाँ चेन्ज गर्न सकिएन भने ताजा फूलहरू लबी तथा बैठकका टेबुलहरूमा डिजाइनर फूलदानी सजाएर पनि घरलाई नयाँ लुक्स दिन सकिन्छ । अतिथिको ध्यानाकर्षण गर्न ढाकाका कपडा, हस्तकला, माटाका मूर्ति तथा फ्लोरिङ क्यान्डललाई तामाको आरीमा पानी एवं फूलका साथ सजाउँदा घर निकै सुन्दर देखिन्छ ।

 

 Image