Successfully Copied

सरसफाइको विशेष समय

चाडपर्वको आगमनसँगै सरसफाइमा विशेष ध्यान दिइन्छ । अरु बेलामा भन्दा चाडपर्वमा घरलाई बढी समय दिएर सफा गरिन्छ । लामो बिदा तथा आफन्त भेटघाटको समय भएकाले पनि दसैंजस्तो चाडमा सरसफाइमा विशेष ध्यान पुर्‍याइन्छ ।

चाडपर्वको आगमनसँगै सरसफाइमा विशेष ध्यान दिइन्छ । अरु बेलामा भन्दा चाडपर्वमा घरलाई बढी समय दिएर सफा गरिन्छ । लामो बिदा तथा आफन्त भेटघाटको समय भएकाले पनि दसैंजस्तो चाडमा सरसफाइमा विशेष ध्यान पुर्‍याइन्छ ।

डाइनिङ रुम : डाइनिङ रुममा भएका अनावश्यक सामानलाई भान्सामा राख्नु उपयुक्त हुन्छ । डाइनिङ टेबलमा फोहोर तथा खानेकुरा पोखिएर दाग बस्नसक्छ । यसलाई सफा कपडाले पुछ्नुपर्छ । चाडपर्वमा डाइनिङ टेबललाई नयाँ लुक्स दिन टेबल कभर परिवर्तन गर्न सकिन्छ । कुर्चीमा धूलो हुनसक्छ । कुर्चीलाई कपडा तथा कुचोले सफा गर्न सकिन्छ । डाइनिङ रुममा भएको पर्दा परिवर्तन गर्दा पनि कोठामा नयाँपन देखिन्छ ।

भान्सा : भान्सा सफा गर्न धेरै समय लाग्छ । भान्सामा खाना पकाइने भएकाले भान्साको सम्बन्ध स्वास्थ्यसँग जोडिएको हुन्छ । त्यसैले भान्साको सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ । भान्साको सफाइका लागि कागती राम्रो विकल्प हो । कागतीले भान्सा सफा हुनुका साथै सुगन्धित पनि रहन्छ । किचन क्याबिनेट आधा कप तातोपानीमा आधा कप कागतीको रस मिसाएर सफा गर्नुपर्छ । भान्साको सफाइका लागि बोरेक्स पनि प्रयोग गर्न सकिन्छ । यसका लागि एक कप बोरेक्समा एक चौथाइ कागतीको रस मिसाएर पेस्ट बनाई प्लेटफर्म, स्लाब तथा भुइँ सफा गर्न सकिन्छ । भान्साको भुइँ दिनहुँ सर्फ पानीले

पुछ्दा पनि सफा देखिन्छ ।

लिभिङ एरिया : घरमा आउने पाहुनाको ध्यान सबैभन्दा पहिले डोरम्याटमा जान्छ । त्यसैले सबैभन्दा पहिले फोहोर तथा पुरानो डोरम्याट हटाएर सफा डोरम्याट राख्नुपर्छ । मूलढोकामा राखिएको सामानमा धूलो भए सफा गर्नुपर्छ । लिभिङ एरियामा भएको सोफा सफा गर्नुपर्छ । चाडपर्वमा फेस्टिव लुक्स दिन कुसन कभर परिवर्तन गर्न सकिन्छ । यसले सोफामा नयाँपन झल्काउँछ । पुरानो तथा कलर खुइलिएको कार्पेट भए त्यसलाई स्टोर रुममा राखेर नयाँ कार्पेट राख्न सकिन्छ ।

बेडरुम : घरमा आएका पाहुना बेडरुममा त त्यति बस्दैनन् तैपनि बेडरुम कस्तो छ भनेर हेर्ने चाहना धेरैमा हुन्छ । त्यसैले बेड सफा राख्नुपर्छ । विभिन्न डिजाइनका बेडसिट प्रयोग गर्दा पनि बेडरूममा नयाँ लुक्स आउँछ । सिरानीको कभर पनि परिवर्तन गर्न सकिन्छ । चाडपर्वमा बेडरुममा राखिएका पर्दा परिवर्तन गर्न सकिन्छ । बेडरुममा फोहार कपडा जथाभावी फाल्नुहुँदैन । फोहोर कपडालाई लन्ड्री ब्यागमा राख्नु उपयुक्त हुन्छ । बेडरुमको भुइँ सधैं सफा हुनुपर्छ ।

बालबालिकाको रुम : बालबालिकाको रुममा विभिन्न कार्टुन अंकित बेडसिट राख्न सकिन्छ । कोठा फोहोर तथा सामान यताउता छरपस्ट भए समेटेर राख्नुपर्छ । झ्यालमा भएको पर्दा परिवर्तन गर्दा पनि कोठामा नयाँपन देखिन्छ । बालबालिकाको कोठाको भुइँ भ्याकुम क्लिनरले सफा गर्नुपर्छ ।

झ्यालढोका : झ्यालढोकामा फोहोर एवं धूलो हुनसक्छ जसलाई सफा कपडाले पुछ्नुपर्छ । ग्रिलमा लागेको फोहोर भिजेको कपडाले पुछ्नुपर्छ । झ्यालको सिसा पुछ्न कोलिन प्रयोग गर्न सकिन्छ ।

पूजाकोठा : दसैंमा पूजाकोठाको प्रयोग बढी हुन्छ । पूजाकोठामा जमरा पनि राखिन्छ । पूजाकोठामा राखिएका भगवान्का मूर्ति पनि सफा गर्नुपर्छ । पूजाकोठाको भुइँसफा कपडाले पुछ्नुपर्छ ।

 Image