Successfully Copied

किनमेलको पर्व

दसैं सुरु हुनासाथ बजारको कारोबार पनि माथि उक्लिन्छ । यतिबेला पहिरन, खाद्यपदार्थ, घरायसी सामान सबैको बिक्री उत्कर्षमा हुन्छ । दसैंको आगमनसँगै बजारमा भीडभाड पनि उत्तिकै बढ्छ । फुटपाथदेखि मलसम्म भीडभाड देखिन्छ । बजारमा यही मौका पारेर नयाँ सामान भित्र्याइन्छ भने पुराना सामान क्लियर

दसैंलाई किनमेलको पर्व भन्दा पनि फरक पर्दैन । बालाजुकी विनीता श्रेष्ठलाई पनि दसैंको किनमेल गर्न असाध्यै रमाइलो लाग्छ । दसैंको आगमनसँगै घरायसी सामान एवं पहिरन खरिद गर्न बजार जान्छिन् उनी ।

दसैं सुरु हुनासाथ बजारको कारोबार पनि माथि उक्लिन्छ । यतिबेला पहिरन, खाद्यपदार्थ, घरायसी सामान सबैको बिक्री उत्कर्षमा हुन्छ । दसैंको आगमनसँगै बजारमा भीडभाड पनि उत्तिकै बढ्छ । फुटपाथदेखि मलसम्म भीडभाड देखिन्छ । बजारमा यही मौका पारेर नयाँ सामान भित्र्याइन्छ भने पुराना सामान क्लियर गर्न पसल–पसलमा छुट तथा सेलको ब्यानर टाँगिएको हुन्छ ।

दसैंमा दिइने छुट सेलले ग्राहकलाई बढीभन्दा बढी सामान खरिद गर्न उत्प्रेरित गर्छ । छुटले अप्रत्यासित खरिदलाई बढावा दिन्छ । यसले ग्राहक तथा बिक्रेताका बीच सुमधुर सम्बन्ध कायम राख्छ ।

किनमेलको काइदा

किनमेल गर्न जाँदा आफूलाई मन पर्ने, नपर्ने कुरामा सबैभन्दा बढी ध्यान पुर्‍याउनुपर्छ । आजको प्रतिस्पर्धी तथा महँगो जमानामा उचित सामान सही मूल्यमा खरिद गर्नुपर्छ । सामान, पहिरन तथा एसेसरिज आदि खरिद गर्न जाँदा आफू सजग एवं सतर्क रहनुपर्छ ।

उचित पसल छनोट : खाद्यपदार्थ तथा पेयपदार्थ किन्दा विश्वसनीय एवं उत्कृष्ट सामान पाइने पसल छनोट गर्नुपर्छ । उत्कृष्ट पसलमा राम्रा तथा विश्वसनीय सामान पाइन्छन् । उपभोक्ताको मन जित्ने उद्देश्यले यस्ता पसलेले राम्रा तथा गुणस्तरीय सामान मात्र राख्छन् । पसलमा मिति सकिएका सामान भए पनि साट्न पाइन्छ । सामानप्रति कुनै गुनासो भए निर्धक्क सुनाउन सकिन्छ ।

गुणस्तरीय सामान छनोट : हिजोआज बजारमा धेरै कम्पनीका खाद्य सामग्री उपलब्ध छन् । तीमध्ये सबैको मूल्य फरक–फरक हुन्छ । हाम्रो आमसोच महँगा सामान गुणस्तरीय तथा सस्तो सामान गुणस्तरहीन भन्ने हुन्छ । कम्पनीले प्रयोग गर्ने कच्चापदार्थका आधारमा वस्तुको गुणस्तर मापन हुन्छ । ब्रान्ड हेरेर पनि सामानको गुणस्तर पत्ता लगाउन सकिन्छ । सस्तो पाइयो भन्दैमा गुणस्तरहीन सामान खरिद गर्नुहुँदैन । सामान किन्नुअघि सामानको वास्तविक मूल्यसम्बन्धी जानकारी बटुल्नुपर्छ । गुणस्तरीय सामान केही महँगा भए पनि त्यही छनोट गर्नुपर्छ ।

निर्माण तथा उत्पादन मिति : प्रत्येक खाद्य तथा पेयपदार्थमा उत्पादन एवं उपभोग्य मिति लेखिएको हुन्छ । जसरी उत्पादन गरिएको भए पनि उपभोक्ताको स्वास्थ्यसँग सम्बन्धित भएकाले यसमा ध्यान पुर्‍याउनुपर्छ । उत्पादन मिति उल्लेख नगरिएको सामग्री खरिद गर्नुहुँदैन । सामान खरिद गर्दा उत्पादन मिति र उपभोग गर्न सकिने अन्तिम मिति स्पष्ट रूपमा हेर्नुपर्छ ।

मिश्रणको जानकारी : धेरैजसो सामग्री दुई वा दुईभन्दा बढी वस्तुको मिश्रणबाट बनाइन्छ । खाद्यपदार्थमा कुन–कुन पदार्थ मिसाइएको छ भन्ने कुरा त्यसको लेबलमै प्रस्टसँग लेखिएको हुनुपर्छ । प्याक तथा बट्टामा लेखिएका आधारमै उपभोक्ताले सामान किन्ने–नकिन्ने छुट्याउन सहज हुन्छ ।

उपयोग गर्ने तरिका : बजारमा उपलब्ध धेरै किसिमका खानेकुराको जानकारी उपभोक्तालाई नहुन सक्छ । त्यसैले सामग्री खरिद गर्दा उपभोग गर्ने विधि प्रस्ट लेखिएको छ कि छैन याद गर्नुपर्छ ।

पकाउने तरिका : खाद्य सामग्रीमा पकाउने तरिका पनि उल्लेख हुनुपर्छ । पकाउने तरिका उल्लेख गर्ने कम्पनीले लामो शोधपछि मात्र त्यस्ता वस्तु बजारमा ल्याएका हुन्छन् ।

सही मात्रा तथा तौल : कुनै पनि खाद्यपदार्थको प्याकेट तथा बट्टामा मात्रा एवं तौल उल्लेख गरिनुपर्छ । यसले कम्पनीको विश्वसनीयता कायम राख्छ । उपभोक्ताहरू पनि यस्तै सामग्री खरिद गर्न मन पराउँछन् ।

किनमेलमा समझदारी : चाडपर्व भन्दैमा अनावश्यक सामग्री खरिद गर्नुहुँदैन । अर्काको देखासिकीमा सामान खरिद गर्नुहुँदैन भने अनावश्यक सामग्री पनि खरिद गर्नुहुँदैन । घरमा पहिलेदेखि नै भएका सामग्री दोहोर्‍याएर किन्नुहुँदैन ।

बजेट : किनमेल गर्न जानुअघि बजेट तयार गर्नुपर्छ । बजेटअनुसार सामानको लिस्ट बनाउँदा किनमेल सिस्टमेटिक हुनुका साथै सामान छुट्ने सम्भावना पनि हुँदैन । किनमेलका क्रममा बजेटभन्दा बढी सामान भए कम प्राथमिकतामा परेका सामान किन्नुहुँदैन ।

बार्गेनिङ : सामान किन्दा बार्गेनिङ गर्नु उपभोक्ताको अधिकार हो । कतिपय सामानमा निश्चित (फिक्स) मूल्य तोकिएको हुन्छ । किनमेल गर्दा मोलमोलाइ गर्ने बानी धेरैको हुन्छ । पसलअनुसार सामानको मूल्य तोकिएको हुन्छ । यस्तो अवस्थामा उपभोक्ता आफैं जागरुक भएर मोलमोलाइ गरी ठगिनबाट जोगिनुपर्छ ।

रसिद : कुनै पनि सामान अथवा पहिरन खरिद गरेपछि रसिद लिनुपर्छ । यसले गर्दा सामान बिग्रिएको, मिति समाप्त भएको वाड्यामेज छ भने साट्न सकिन्छ ।

गुणस्तर चिन्ह : आफूले खरिद गर्न लागेको सामानको गुणस्तर चिन्ह हेर्नुपर्छ । स्वदेश तथा विदेशमा कुन सामान कति प्रतिष्ठित हो भन्ने कुरा त्यसको गुणस्तर चिन्हले मापन गर्छ । नेपालमा एनएस चिन्ह भएका खाद्यपदार्थलाई गुणस्तरीय मानिन्छ ।

 Image