Successfully Copied

दसैंको पहिरन

४० कटेकाहरूलाई इन्डो वेस्टर्न गाउन बढी सुहाउँछ । माथिबाट हेर्दा ब्लाउज, चोलीजस्तो देखिए पनि तल फेयरवाला, पेन्सिल वा एलाइनको यस्तो वान पिस फरक पनि देखिन्छ । यस्तो गाउन साडीको जस्तो झन्झटिलो हुँदैन । टिनएजरहरूलाई निलेन्थ, एलाइन ड्रेस विथ कोल्ड सोल्जर सिल्भ तथा टप

अहिले मानिसहरू फेसन ट्रेन्डको पछाडि दगुर्नुभन्दा पनि फरक वा युनिक देखिने चाहना गर्छन् । यही होडमा धेरै फेसन ट्रेन्डहरू मोडिफाइ भएर आइरहेका छन् । हुन त एक देशको फेसन अर्काे देशमा पुग्न क्षणभर लाग्दैन । घरमै बसी–बसी विश्वभरका फेसनबाट अपडेट हुन सकिन्छ । त्यसैले पनि आफूलाई कस्तो पहिरन सुहाउँछ वा मन पर्छ त्यहीअनुसार अहिले फेसन बजारमा समेत विविधता आइरहेको छ । आफ्नो शरीरको बनावट तथा स्किन कलरलाई ध्यान दिएर पहिरन च्वाइस गर्नुपर्छ । देखासिकी वा अरू कसैको कपी गरिएको फेसन आफूलाई सुहाउँछ भन्ने हुँदैन ।

साडी : जति नै आधुनिक भए पनि साडीको फेसन नेपाली महिलाहरूमाझ उत्तिकै लोकप्रिय छ । अहिले पनि पूजाआजा तथा चाडपर्वमा साडी नै लगाउँm भन्ने महिलाहरूको संख्या बढी नै छ । दसैंको समयमा हेभी इम्ब्रोइडरी गरिएको साडी त्यति उपयुक्त हुँदैन । अहिले फेसनमा रहेको सिल्क साडीमा हल्का बोर्डर लगाउन सकिन्छ । जसले गर्दा लगाउन, हिँड्न सजिलो मात्र हुँदैन बोर्डरले गर्दा फेस्टिभ लुक्स समेत प्राप्त हुन्छ । त्यस्तै साटन, सिल्क वा नेटमा हाफ जर्जेट मिक्स गर्दा अथवा जर्जेटमा फरक स्टाइल दिँदा पनि फेस्टिभ लुक्स आउँछ । यो समयमा रिच फेब्रिकमा कम इम्ब्रोइडरी गरिएका तथा कलर कम्बिनेसन राम्रो भएका साडी उपयुक्त हुन्छन् । कतिपय युवा पनि दसैंमा साडी नै लगाउन रुचाउँछन् । उनीहरूका लागि साडी गाउन, प्यानल साडी तथा लेहेंगा साडी उपयुक्त हुन्छ ।

ब्लाउज : कतिपयले सिम्पल साडी तर डिजाइनर तथा स्टाइलिस्ट ब्लाउज लगाउन चाहन्छन् । अहिले कोल्ड सोल्जर, अफ सोल्जर, सर्ट कलर ब्लाउज, टर्टैल मिक्स, हाइनेक ब्लाउजहरू फेसनमा छन् । दसैंमा साडी लगाउनेहरूका लागि पनि यी डिजाइनका ब्लाउज नै उपयुक्त हुन्छन् । ट्ेरन्डी देखिन ज्याकेट स्टाइलको ब्लाउज लगाउन सकिन्छ । ब्लाउजको कलर साडीमा कन्ट्रास्ट हुनुपर्छ । यो भेल्भेट, एम्बलिस्ट वा ब्रोकेट साडीसँग मेल खान्छ । ज्याकेट स्टाइलको ब्लाउजको विशेषता भनेकै जुनसुकै समयमा लगाउन सक्नु हो ।

अनारकल्ली : गत वर्षसम्म राउन्ड अनारकल्लीमा चुडीदार सुरुवालको फेसन थियो तर यसपटक अगाडि छोटो तथा पछाडि लामो अनारकल्ली फेसन ट्ेरन्डमा छ जुलाई प्लाजो तथा चुज पाइन्टसँग लगाउन सकिन्छ । त्यस्तै दुवै साइड र बीचमा पनि स्लिड भएका अनारकल्ली प्लाजो, पाइन्ट तथा निलेन्थ पाइन्टसँग आकर्षक देखिन्छ । दसैंका लागि कटन वा सिल्कका अनारकल्ली उपयुक्त हुन्छन् ।

चौबन्दी स्टाइलको कुर्ती : यसपटक नेपाली चौबन्दी स्टाइलका कुर्ती पनि उपलब्ध छन् । कुर्तीका यस्ता डिजाइनले ट्रेडिसनल लुक्स पनि दिने भएकाले ती चाडपर्वको मौसममा विशेष आकर्षक देखिन्छन् । कुर्तीको माथिल्लो भागमा चौबन्दी डिजाइन हुन्छ । उक्त भागमा नेपाली ढाका, तास, ब्रोकेट, भेल्भेट, सेल्फ इम्ब्रोइडरी गरिएका फेब्रिकहरू, थ्रेडवर्क तथा हल्का इम्ब्रोइडरी वर्क गरिएका फेब्रिकहरू राखेर डिजाइन गर्न सकिन्छ । यसमा पञ्जाबी सुरुवाल तथा एंकल लेन्थ पाइन्ट लगाउन सकिन्छ ।

लङ कुर्ता विथ लेहेंगा : दसैंमा लेहेंगा–चोली लगाएर टीका लगाउन जाने ट्रेन्ड निकै पुरानो भैसकेको छ । अहिले लेहेंगा, चोली र सलको ठाउँमा लङ कुर्ती विथ लेहेंगाको फेसन छ । यो लेहेंगा लगाउन रुचाउने तर आफ्नो फिगरसँग कन्फिडेन्ट नभएकाहरूका लागि पनि सुहाउने पहिरन हो । प्लेन जर्जेटको लेहेंगामा ब्रोकेट, सेल्फ इम्ब्रोइडरी नेटका कुर्ती बनाउन सकिन्छ । साथमा कटन तथा ढाकाका कुर्ती पनि उपयुक्त हुन्छन् । यस्ता कुर्तीमा अफ सोल्डर तथा कोल्ड सोल्जर डिजाइन दिन सकिन्छ । यो टिनएजरदेखि मिडिल एजसम्मले सजिलैसँग लगाउन सक्ने पहिरन हो ।

धोती–सुरुवाल र सर्ट कुर्ती : टिनएजरहरूमाझ यसपटक धोती सुरुवाल विथ सर्ट कुर्ती लोकप्रिय हुने देखिन्छ । प्लेन धोती सुरुवालमा सिल्क, तास, नेटजस्ता प्रिन्टेड फेब्रिकका छोटा कुर्तीले शारीरिक बनावटलाई सुन्दर देखाउँछन् र यो पहिरन चाडपर्वको समयमा निकै आकर्षक हुन्छ ।

टुलिप पाइन्ट : टुलिप स्टाइलको पाइन्टमा सर्ट कुर्ती विथ ज्याकेट लगाउन सजिलोका साथै आकर्षक पनि हुन्छ । यसले युनिक र स्टाइलिस्ट लुक्स दिन्छ ।

म्याक्सी कुर्ता : चाडपर्वको समयमा म्याक्सी लेन्थको कुर्ता पनि राम्रो देखिन्छ । यसमा सुरुवालको आवश्यकता पर्दैन । म्याक्सी कुर्तासँग बनारसी सल वा हेभी सल लगाउँदा ट्रेडिसनल लुक्स प्राप्त हुन्छ ।

इम्ब्रोइडरी कुर्ता, टप्स विथ

जिन्स : सदाबहार जिन्ससँग कुर्तीको फेसन चलिरहेका कारण दसैंमा पनि जिन्ससँग इम्ब्रोइडरी लङ कुर्ती वा टप्सहरू लगाउन सकिन्छ । चाडपर्व भएकाले माथिको टप्स वा कुर्ती भने इम्ब्रोइडरी गरिएको भेल्भेट, नेट, जर्जेट, तास वा ब्रोकट आदि रिच फेब्रिक लगाउनुपर्छ ।

गाउन तथा वान पिस : अहिले मानिसहरू व्यस्त भएका कारण पनि सजिलै लगाउन सकिने पहिरनहरू खोज्न थालेका छन् जसको राम्रो विकल्प गाउन तथा वान पिसहरू हुन् । अहिले नेपाली फेसन बजारमा गाउनलाई पनि नेपाली टच दिएर तयार पारिएका छन् । ढाकाको बोर्डर प्रयोग गरी, ढाकामा इम्ब्रोइडरी गरी, गाउनमा साडीको जस्तो मुजा प्रयोग गरी नेपाली स्टाइल दिइएकाले पनि नेपाली महिलाहरूमाझ गाउनको मोह बढेको देखिन्छ । दसैंमा कलरफुल फेब्रिकमा शरीरको ढाँचाअनुसार वान पिस, गाउन आदि लगाएर टीका थाप्न जान सकिन्छ ।

फिटिङ वान पिस, ग्याडर गाउन, मरमेड गाउन, ए लाइन गाउन, सर्कल, ड्ेरप्ट, बबल, टुलिप, पेन्सिल, रफल्ड गाउन आदि आकर्षक देखिन्छन् भने ४० कटेकाहरूलाई इन्डो वेस्टर्न गाउन बढी सुहाउँछ । माथिबाट हेर्दा ब्लाउज, चोलीजस्तो देखिए पनि तल फेयरवाला, पेन्सिल वा एलाइनको यस्तो वान पिस फरक पनि देखिन्छ । यस्तो गाउन साडीको जस्तो झन्झटिलो हुँदैन । टिनएजरहरूलाई निलेन्थ, एलाइन ड्रेस विथ कोल्ड सोल्जर सिल्भ तथा टप र स्कर्ट पनि राम्रो देखिन्छ । यो उमेरकाहरूलाई एंकल लेन्थ पाइन्ट वा प्लाजो पाइन्टमा हिप लाइनसम्मको ज्याकेट टप समेत आकर्षक देखिन्छ ।

कलर : अहिले रोज गोल्ड कलर फेसनमा छ । साथै फेस्टिभ लुक्सका लागि ब्लु, रोयल ब्लु, कोरल रेड, पिच, सी ग्रिन, ग्रे आदि पनि उपयुक्त हुन्छन् ।

                            - फेसन डिजाइनर, इनोभ एट बुटिक, कुपण्डोल

 

 Image