Successfully Copied

थ्रिडी मेकअप

थ्रि अर्थात् तीन, डीको अर्थ डायमेन्सन (आकार) । यस्तो मेकअपमा अगाडिबाट एउटा लुक्स तथा दायाँ र बायाँबाट अर्कै लुक्स देखिन्छ । थ्रिडी मेकअपमा फोटो खिचाउँदा फोटो नै थ्रिडीजस्तै देखिनु यसको मुख्य विशेषता हो ।

थ्रि अर्थात् तीन, डीको अर्थ डायमेन्सन (आकार) । यस्तो मेकअपमा अगाडिबाट एउटा लुक्स तथा दायाँ र बायाँबाट अर्कै लुक्स देखिन्छ । थ्रिडी मेकअपमा फोटो खिचाउँदा फोटो नै थ्रिडीजस्तै देखिनु यसको मुख्य विशेषता हो । जस्तै आँखा ठूलो वा लामो, नाक सीधा वा पातलो, गाला सुन्दर तथा सेप मिलेको आदि । थ्रिडी मेकअप कन्टोरिङ र हाइलाइटिङको सहायताले गरिन्छ ।

कसरी गर्ने थ्रिडी मेकअप ?

अनुहार क्लिन्जिङ गरेर सफा गर्ने । अनुहारमा मोइस्चराइजर लगाउने । अनुहारमा रहेको दाग–धब्बा वा कालो, पोतो भएको ठाउँमा अरेन्ज कन्सिलरले छोप्ने । यसबाट अनुहार न्युट्रिलिजेक आक्सिडिजेड हुँदैन । कन्टोरिङले अनुहारको कुन भागलाई पातलो देखाउने हो त्यहाँ गाढा रंग लगाउने । अनुहारको रंगभन्दा तीन गुणा हल्का रंग लगाउने । अनुहारको छालाबमोजिम फाउन्डेसन लगाउने ।

कन्टोरिङ गर्ने विधि : नाकको दुवैतर्फ गाढा खैरो रंग लगाउने र सीधा भागमा (नाकको) हाइलाइटर लगाउने । यसले नाक सीधा, पातलो र चिटिक्क देखाउँछ ।

थ्रिडी मेकअपले आँखालाई ठूलो र लामो देखाउँछ । आँखामा गाढा र हल्का रंग प्रयोग गर्नुपर्छ । सबैभन्दा पहिले आइब्रो बोनमा सेतो, गोल्डेन, सिल्भर आदि हल्का रंग लगाउने । यसले आँखाको सुन्दरता बढाउँछ ।

आँखाको आउटर्स कर्नरमा कालो, खैरो, नीलो, हरियो आदि पहिरनसँग म्याच हुने स्याडो लगाउने । इनर कर्नरमा हल्का रंग लगाइदिने । आँखाको क्रिजमा सधैं गाढा म्याट स्याडो लगाउने । दिउँसोको मेकअपमा बिर्सिएर पनि ग्लिटर स्याडो प्रयोग गर्नुहुँदैन । आँखा सानो छ भने गाजल लगाई जेल लाइनर प्रयोग गर्न सकिन्छ । रातिका लागि भने आइबल्समा ग्लिटर लगाउनु उपयुक्त हुन्छ । लामो तथा बाक्लो आइलाइसेस प्रयोग गर्दा आँखा अझ आकर्षक देखिन्छ ।

गालामा कन्टोरिङ गर्ने । यसले गाला पातलो र सही आकारको देखिन्छ । कानको भागबाट नाकको छेउसम्म कन्टोरिङ गर्दै ब्लसेस लगाउने । चिकबोनमा हाइलाइटर साइन लगाउने । जो लाइन कन्टोरिङ गर्दा डबल चिन मज्जाले छोपिन्छ ।

मेकअपको अन्त्यमा पहिरन अनुसार लिपिस्टिक प्रयोग गर्ने । ओठमा थ्रिडीको प्रभाव दिन ओठका कुनाहरूमा गाढा रंगको लिपिस्टिक र बीच भागमा हल्का कलरको लिपिस्टिक लगाउने । थ्रिडी मेकअपको प्रभाव अनुहारको आँखा, नाक, ओठ, गाला, निधार, चिकबोन, आइब्रोज आदि सबैमा देखिन्छ ।

मेटालिक गोल्ड लिप कलर : मेकअपको दुनियाँमा नित्य नयाँ–नयाँ ट्रेन्ड विकसित भैरहेका हुन्छन् । अहिले केही समयदेखि लिप मेकअपमा कपल लिप अर्थात् मेटालिक गोल्ड लिप फेसनमा छ ।

                                  -सौन्दर्यविद्, साइसा ब्युटिपार्लर, बानेश्वर

 Image