Successfully Copied

एउटै चिकेनका फरक– फरक स्वाद

चिकेनको छातीको भागलाई अण्डा, कर्नफ्लोर तथा मैदाको मिक्सरमा डुबाएर डिप फ्राई गर्ने । प्याज, अदुवा, लसुन तथा टोमाटो चपलाई प्यानमा तेल तताई ब्राउन कलर आउने गरी भुटेर चिकेनमा मिक्स गरिदिने । अब यो सेरेड चिकेन साल्ट पेपर तथा टिम्मुर छर्केर खान तयार भयो

 

स्पाइसी विंग्स

सामग्री : चिकेन विंग्स ६ पिस, कर्नफ्लोर २ चम्चा, मैदा २ चम्चा, अण्डा १ वटा, साल्ट पेपर स्वादअनुसार, अदुवा र लसुनको पेस्ट १ चम्चा, खुर्सानीको सस १५ ग्राम तथा टोमाटो प्युरी १ चम्चा ।

खुर्सानीको सस बनाउने विधि : प्याज चप, लसुन चप र सेलरी चपलाई तेलमा खैरो हुन्जेल फ्राई गर्ने । खुर्सानीलाई उमालेर ब्लेन्ड गरी त्यसमा फेरि फ्राई गर्ने ।

विधि : चिकेन विंग्सलाई कर्नफ्लोर, मैदा र अण्डाको मिक्सरमा डुबाएर डिप फ्राई गर्ने । डिप फ्राई भएपछि त्यसलाई अघि तयार पारिएको खुर्सानीको ससमा डुबाएर एकछिन पकाउने ।

 

चिकेन सात्ते

सामग्री : चिकेनको छातीको भाग ( छड्के काटिएको) १ सय ग्राम, अदुवा र लसुनको पेस्ट २ चम्चा, खुर्सानीको धूलो स्वादअनुसार, साल्ट पेपर स्वादअनुसार । बदाम ५० ग्राम तथा बटर २ चम्चा ।

विधि : सम्पूर्ण मरमसलालाई मिक्स गरी तावामा ग्रिल गर्ने । बदामलाई पिसेर बटरमा खुर्सानीको धूलो हाली एकछिन पकाउने । चिकेन सात्तेबदामको अचारसँग एकदमै मीठो हुन्छ ।

 

चिकेन फिरफिरे

सामग्री : बोनलेस चिकेन १० पिस, अण्डा १ वटा, कर्नफ्लोर र मैदा १ चम्चा, अदुवा र लसुनको पेस्ट १ चम्चा, साल्ट पेपर स्वादअनुसार, दाना जिरा १ चम्चा, लसुन चप १ चम्चा, खुर्सानीको सस २ चम्चा, केचप २ चम्चा तथा दही ३ चम्चा ।

 

विधि : कर्नफ्लोर, मैदा, अण्डा, अदुवा र लसुनको पेस्ट तथा साल्ट पेपरलाई मेरिनेट गरेर डिप फ्राई गर्ने । अर्काे प्यानमा थोरै तेल हालेर दाना जिरा फुराउने, त्यसपछि लसुन चप फुराउने । त्यसमा हट सस, केचप एवं दही हालेर चिकेनलाई एक मिनेटजति पकाउने ।

चिकेन छ्वेला

सामग्री : चिकेन १ सय ग्राम, पोलेको लसुन २० ग्राम, रेड चिल्ली पाउडर २ चम्चा, जिरा धनियाँ १० ग्राम तथा तोरीको तेल २ चम्चा ।

विधि : चिकेनलाई डाइस कटमा काटेर ग्यासमा सेक्ने । त्यसमा लसुन, रेड चिल्ली, जिरा र धनियाँ हालेर ब्लेन्ड गर्ने । उक्त मसलाको पेस्टलाई पोलेको मासुमा हालेर मोल्ने । त्यसमा भुटेको तोरीको तेल हाली माथिबाट धनियाँ छर्किने ।

सेरेड चिकेन

सामग्री : चिकेनको छातीको भागलाई जुलियन कट काटेर १ सय ग्राम, अण्डा १ वटा, कर्नफ्लोर र मैदा २ चम्चा, अदुवा र लसुनको पेस्ट २ चम्चा, साल्ट पेपर स्वादअनुसार । प्याज चप २० ग्राम, लसुन चप १० ग्राम, अदुवा १० ग्राम, टोमाटो चप १० ग्राम तथा हट सस २ चम्चा ।

विधि : चिकेनको छातीको भागलाई अण्डा, कर्नफ्लोर तथा मैदाको मिक्सरमा डुबाएर डिप फ्राई गर्ने । प्याज, अदुवा, लसुन तथा टोमाटो चपलाई प्यानमा तेल तताई ब्राउन कलर आउने गरी भुटेर चिकेनमा मिक्स गरिदिने । अब यो सेरेड चिकेन साल्ट पेपर तथा टिम्मुर छर्केर खान तयार भयो ।

                                                                   - ब्रिक्स क्याफे कुपन्डोल

 Image