इलेक्ट्रोनिक्स सामग्रीको बहार
आश्विन २४, २०७४
दैनिक जनजीवनलाई सहज तुल्याउन विविध विद्युतीय सामग्री थपिँदै जान थालेका छन् । एक–दुई दशकअघिसम्म कम्मरमा दर्हो पटुका कसेर लुगा धुने, भाँडा मस्काउने अनि अचार–मसला पिस्ने काम गर्दा मात्र होइन सम्झिँदा पनि पसिना छुट्ने गृहिणीहरू आज यस्ता घरायसी सामग्रीलाई वरदान मान्छन् ।फिलिप्सको आधिकारिक बिक्रेता स्याकार कम्पनीले भर्खरै बजारमा ल्याएको इयर प्युरिफायर नौलो विद्युतीय उपकरण हो जसले कोठाभित्रको हानिकारक कार्बनडाइअक्साइड सोसेर फ्रेस अक्सिजन प्रवाह गर्छ । काठमाडौंलगायतका प्रदूषणयुक्त सहरका घरहरूमा निकै उपयोगी यो इयर प्युरिफायर स्वास्थ्यसँग जोडिएको हुनाले यो बिलासिताको सामग्री नभई अहिलेको आवश्यकता नै भएको फिलिप्सकी सेल्स एक्ज्युकेटिभ दीपा थापा बताउँछिन् ।
नेदरल्यान्डको ब्रान्ड फिलिप्सको नयाँ राइसकुकर थ्रिडी टेक्नोलोजीयुक्त छ । साधारण राइस कुकरमा पिँधबाट मात्रै हिट आउँछ तर यसले तीनैतिरबाट तातो बनाएर खाना पकाउँछ । फिलिप्सले पछिल्लो समयमा विशेष र थप सुविधायुक्त हेयर ड्रायर पनि बजारमा उतारेको छ । १६ सय वाटको यो ड्रायरले २१ सय वाट बराबरको काम गर्छ । यसको अर्थ केश त छिट्टै सुक्छ नै थोरै बिजुली खपत यसको अर्को विशेषता हो । फिलिप्सको स्पिल्ट फ्रि हेयर स्ट्रेटनरले हाँगा फाट्नबाट जोगाउँछ भने लामो समयसम्म केश सीधा राख्न मद्दत पुर्याउँछ ।
सिजी डिजिटल, टंगाल, भाटभटेनीका म्यानेजर राजेन साङताङ भन्छन्–अहिले बढी मात्रामा ५० लिटरदेखि २ सय ५० लिटरसम्मका फ्रिज बिक्री भैरहेका छन् जसको मूल्य १३ हजार ४ सय ९० देखि ३४ हजार ६ सय ९० सम्म छ । सुपर कुलिङ, फास्ट आइस, सुपर क्विक आइस, इनर्जी सेभिङ, लो भोल्टेज कम्जम्सन, लङ–ट्रमसम्म चिसो बस्ने रिटेन फ्रेसनेसयुक्त फ्रिज अहिले बढी रुचाइएको छ । यसबाहेक ट्रान्सप्यारेन्ट ड्रयर, ग्लास सेल्सयुक्त फ्रिज अत्यधिक रुचाइएका फ्रिज हुन् । सिजीको डिम फ्रिज भने सबैभन्दा बढी माग भएको होम अप्लाइन्सेस हो । यसमा ३६ महिनाको वारेन्टी पाइन्छ ।
राजेनका अनुसार फ्रन्ट लोडिङ ६, ७ र ८ केजीका वासिङ मेसिन अहिले चल्तीमा छन् । वाटर सेभिङ गर्नुका साथै यसमा बिग एलइडी डिस्प्ले पनि छ भने यसको मोटरको आयु १० वर्ष भएको बताइन्छ । यसमा भएको वाटर म्याजिक क्युब भन्ने नयाँ फिचरले तीन वटा फ्लोमा पानीलाई फ्याँक्ने हुँदा कपडा शतप्रतिशत सफा हुन्छ । हटपट (पानी तताउने भाँडा), राइसकुकर, मिक्सचर ग्य्रान्डर आदि अप्लाइन्सेसमा पनि नयाँ सुविधाहरू थपिएका छन् । भर्खरै बजारमा आएको सिजीको वाटर डिस्पेन्सरमा टेबल टप तथा स्ट्यान्डिङमा क्याबिनेट (ग्लास–र्याक) युक्त छन् जहाँ गिलास सुरक्षित र हाइजिन तरिकाले राख्न सकिन्छ ।
कोरियन ब्रान्ड एलजी लाइफ स्टायल सपी मीनभवनका इन्चार्ज ज्योति खतिवडाका अनुसार पछिल्लो समय एलजीको कमर्सियल वासिङ मेसिन निक्कै चलेको छ । जुन १० केजी तथा १५ केजीमा उपलब्ध छ । यो वासिङ मेसिन १८ घन्टासम्म निरन्तर चलाउँदा पनि कुनै समस्या सिर्जना हुँदैन भने कम पानी खपतका साथै कम आवाज आउने र भाइब्रेसनमुक्त छ । यसमा कपडा राखेको ३७ मिनेटभित्रै कपडा धोई निचोरेर सुख्खा बनाएर बाहिर निस्कन्छ ।
एलजीकै नयाँ उत्पादन नियो–सेस माइक्रोवेभ ओभन २५ तथा ३९ लिटरमा उपलब्ध छ । यसको विशेषता भनेको कम बिजुली खपत तथा म्याग्नेट्रनमा १० वर्षे वारेन्टीका साथै आकर्षक लुक्सयुक्त हुनु हो । खतिवडाले भने–हामी बढी मात्रामा फ्रिज र वासिङ मेसिन बेच्छौं । एलजीको सिंगल डोर फ्रिजमा पनि १० वर्षे वारेन्टी दिएको एलजीका हरेक सामानमा स्मार्ट इन्भर्टर टेक्नोलोजी प्रयोग गरिएका कारण बलिया र अत्यधिक विद्युत् सेभिङ हुने खालका भएको खतिवडाको दाबी छ । एलजीले भर्खरै बजारमा ल्याएको मस्क्विटो–अवे तथा एफएम रेडियोयुक्त टेलिभिजन सर्वाधिक मन पराइएको छ ।
मस्क्विटो अवे टेलिभिजनले स्ट्यान्डबाई मोडमा रहँदा पनि लामखुट्टे भगाउँछ । २०१७ मै उत्पादन भएको एलजीको सुपर युएचडी टेलिभिजन फुल एचडीभन्दा ४ गुणा बढी पिक्चर क्वालिटी तथा उत्कृष्ट साउन्ड भएको टिभी हो । एलजीका अहिले ४३ देखि ८६ इन्चसम्मका फोके टेलिभिजन पनि बिक्रीमा छन् । एलजी कम्पनीका एसी (इयर कन्डिस्नर) हरू विशेषगरी तराई क्षेत्रका लागि उपयुक्त हुने खालका कुलिङ वन्ली सिस्टममा उपलब्ध हुन्छन् । यसमा स्मार्ट इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ जसले छिट्टै चिसो बनाउने काम गर्नुका साथै आवाज पनि कम आउँछ ।
अनामनगर, न्यू प्लाजास्थित होरपुलको आधिकारिक बिक्रेता नवीन डिस्ट्रिब्युटर्सका प्रबन्ध–निर्देशक आशीष टिबडेवालका अनुसार अहिले यो ब्रान्डका पृथक् क्षमता र नयाँ सुविधायुक्त सामग्री बजार भित्रिएका छन् । रेफ्रिजेरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ आदि घरायसी सामग्री अहिले कम बिजुली खपत हुने गरी तयार पारिएका हुन् । होरपुलका उत्पादन गुणस्तरका हिसाबले उच्च तथा स्वास्थ्यप्रति विशेष ध्यान दिई निर्माण गरिन्छ । आशीषले भने–अहिले उपभोक्ताहरू दुई–चार पैसा बढी हाल्न तयार हुन्छन् तर गुणस्तरमा सम्झौता गर्दैनन् ।
विद्युतीय उपकरण मेरो दैनिकीका सहारा
म दुई सन्तानकी आमा र गृहिणी पनि हुँ । घर–अफिस मात्र होइन पाहुना व्यवस्थापनलगायतका काम आफैंले गर्नुपर्ने हुँदा विद्युतीय घरेलु उपकरण मेरा लागि वरदान साबित भएका छन् । मेरो घरमा फ्रिज र ओभन हुँदैनथे भने बिहान पकाएका खानेकुरा बेलुका फाल्नुपर्ने हुन्थ्यो । विद्युतीय घरेलु उपकरणले मेरो समय व्यवस्थापनमा सघाउ पुर्याउनुका साथै मेरो शारीरिक थकानसमेत कम गरेको छ । बजारमा आएका लेटेस्ट होम अप्लाइन्सेसका बारेमा जानकारी लिइरहन्छु । बजारमा जति पनि थप रयाँ सुविधायुक्त विद्युतीय घरेलु सामग्री आउँछन् म खोजी–खोजी किन्छु कारण एउटै हो हामीजस्ता कामकाजी महिलाको करियरमा यसले प्रत्यक्ष भूमिका खेलिरहेको छ दैनिक जीवनमा सहयोगी बनेर ।
- अनिता पराजुली थापा, शिक्षिका
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्