Successfully Copied

शैलीको फरक शैली

‘स्ट्यान्ड अप कमेडी’ हास्यव्यंग्यको केही फरक विधा हो जसमा एक्लै एकै ठाउँ उभिई माइकमा बोलेरै दर्शक–श्रोताहरूलाई हँसाउनुपर्ने हुन्छ । नेपालमा यस्ता किसिमका शोको व्यवस्थित विकास भैसकेको छैन । यद्यपि शैलीले नेपालमा सन् २०११ मा मनोज गजुरेल, आशुतोष तिवारी आदिसँग मिलेर पहिलो पटक स्ट्यान्ड

अमेरिकाको न्यूयोर्कस्थित प्रख्यात कमेडी क्लब गोथममा नाम चलेका अमेरिकन कमेडियनहरूले प्रस्तुति दिन्छन् । गत सेप्टेम्बर २० मा शैली बस्नेतले त्यहाँ अन्य तीनजना अमेरिकीसँगै अंग्रेजी भाषामा स्ट्यान्ड अप कमेडी प्रस्तुत गरिन् । उनको १५ मिनेटको प्रस्तुतिमा नेपाली तथा अमेरिकीहरू पेट मिचिमिची हाँसे ।

‘स्ट्यान्ड अप कमेडी’ हास्यव्यंग्यको केही फरक विधा हो जसमा एक्लै एकै ठाउँ उभिई माइकमा बोलेरै दर्शक–श्रोताहरूलाई हँसाउनुपर्ने हुन्छ । नेपालमा यस्ता किसिमका शोको व्यवस्थित विकास भैसकेको छैन । यद्यपि शैलीले नेपालमा सन् २०११ मा मनोज गजुरेल, आशुतोष तिवारी आदिसँग मिलेर पहिलो पटक स्ट्यान्ड अप कमेडी शो आयोजित गरेकी थिइन् । काठमाडौंको वनस्थलीमा जन्मिएकी शैलीले ३४ वर्षको उमेरमै थुप्रै उपलब्धि हासिल गरिसकेकी छिन् ।

सन् २०१० मा अमेरिकी नागरिक टायलर मेक्मोहनसँग विवाह गरेपछि शैली नेपाल–अमेरिका आउजाउ गरिरहन्छिन् । शैलीले म्यानह्याटन कमेडी स्कुलमा हास्य कलासम्बन्धी ६ हप्ते कोर्स गरेकी छिन् । पत्रकारिताबाट करियर प्रारम्भ गर्ने शैली हास्यकलासँगै विभिन्न सामाजिक काम तथा हिमाल आरोहणमा समेत सक्रिय छिन् ।

 Image