Successfully Copied

प्रदेश र प्रतिनिधिसभामा पनि महिला पछाडी

प्रतिनिधिसभामा तिन जना र प्रदेशसभाका लागि सात महिलाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको लागि बाम गठबन्धनबाट एक जना महिलाले मात्रै प्रत्यक्षमा चुनाव लड्न पाउने भएकी छिन् । माओवादीको तर्फबाट रुकुम पूर्वबाट कमला रोकाले उम्मेदवारी दर्ता गराएकी छन् ।

स्थानिय चुनावको निर्वाचनमा जस्तै पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि महिलाको संख्या निक्कै कम देखिएको छ । मंसीर १० गते हुन लागेको पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सम्पन्न उम्मेदवारी दर्तामा प्रत्यक्ष तर्फ ठुला पार्टीका १० महिलाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा तिन जना र प्रदेशसभाका लागि सात महिलाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको लागि बाम गठबन्धनबाट एक जना महिलाले मात्रै प्रत्यक्षमा चुनाव लड्न पाउने भएकी छिन् । माओवादीको तर्फबाट रुकुम पूर्वबाट कमला रोकाले उम्मेदवारी दर्ता गराएकी छन् ।

यस्तै नेपाली कााग्रेस गठबन्धनबाट बाग्लुङ १ मा चम्पादेवी खडका र खोटाङबाट सरस्वती बजिमयले टिकट पाएका छन् ।

पहिलो चरणमा प्रदेशसभाका ७४ सिटका लागि हुने निर्वाचनमा बाम गठबन्धनले पााच जना महिलालाई मात्रै प्रत्यक्षको टिकट दिएको छ । गठबन्धनमा एकिकृत नेकपा माओवादीले गोरखा (क) बाट कमला नहर्की, बझाङ (ख) बाट देवकी मल्ल, नुवाकोट (क) बाट राधिका तामाङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले दुई जना मात्रै म्याग्दी (ख) बाट नरदेवी पुन र मनाङ (ख) खण्डा लामा गुरुङले प्रत्यक्ष उम्मेदवारको टिकट पाएका छन् । उनीहरूले आज आ–आफ्नो क्षेत्रका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

उता कााग्रेस गठबन्धनका तर्फबाट भने प्रदेशसभामा दुई जना महिलाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । ताप्लेजुङ (क) मा लिलादेवी बोखिम र बझाङ (क) मा चन्द्रादेवी जोशीले उम्मेदवारी दर्ता गराएका हुन् ।

 Image