Successfully Copied

मेकअप प्रोडक्ट परिवर्तन गर्ने समय

विधि पुर्‍याइएन भने अनुहारको सुन्दरता बढाउने मेकअप प्रोडक्टले सुन्दरता बिगार्न सक्छ । जसरी हरेक कुराको एक्सपायरी डेट हुन्छ त्यसरी नै मेकअप प्रोडक्टको पनि एक्सपायरी डेट हुन्छ । एक्सपायरी डेटपछि ती मेकअप प्रोडक्टले नकारात्मक प्रभाव पार्छन् । परिणामस्वरूप छाला बिग्रने तथा एलर्जी हुने सम्भावना

विधि पुर्‍याइएन भने अनुहारको सुन्दरता बढाउने मेकअप प्रोडक्टले सुन्दरता बिगार्न सक्छ । जसरी हरेक कुराको एक्सपायरी डेट हुन्छ त्यसरी नै मेकअप प्रोडक्टको पनि एक्सपायरी डेट हुन्छ । एक्सपायरी डेटपछि ती मेकअप प्रोडक्टले नकारात्मक प्रभाव पार्छन् । परिणामस्वरूप छाला बिग्रने तथा एलर्जी हुने सम्भावना हुन्छ ।

मस्कारा : आई मेकअपलाई पूर्णता प्रदान गर्न मस्काराको उपयोग तीन महिनाभन्दा बढी गर्नु उपयुक्त हुँदैन । खोलिएको तीन महिनापछि त्यसको प्रयोग बन्द गनुुपर्छ अन्यथा आँखा पोल्ने, चिलाउने, इन्फेक्सन आदि हुनसक्छ ।

फाउन्डेसन : परफेक्ट वेस मेकअपका लागि आफ्नो स्किन टोनसँग सुहाउँदो फाउन्डेसन खरिद गरेर मात्र पुग्दैन, त्यसको एक्सपायरी डेटमा पनि ध्यान पुर्‍याउनुपर्छ । फाउन्डेसनलाई निर्माण भएको मितिदेखि एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

आइलाइनर : लिक्विड र जेल आइलाइनरको आयु ६ महिना मात्र हुन्छ । पेन्सिल आइलाइनर ८ महिनासम्म चल्छ । ६ महिनापूर्व लिक्विड आइलाइनर सुकेजस्तो भयो भने उक्त प्रोडक्ट बिग्रन थाल्यो र प्रयोग गर्नु ठीक छैन भन्ने बुझ्नुपर्छ ।

कन्सिलर : कन्सिलरको प्रयोग धेरै गरिँदैन । कहिलेकाहीँ मात्र प्रयोग गरिने भएकाले यसको खरिददारीमा एक्सपायरी डेट राम्रोसँग जाँच गर्नुपर्छ । यसलाई अधिकतम डेढ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

ब्लसर : ब्लसरलाई अधिकतम दुई वर्षसम्म प्रयोग सकिन्छ ।

लिपिस्टिक : लिपिस्टिकको आयु सामान्यत: एक वर्ष हुन्छ । वर्षदिन नाघेको लिपिस्टिक प्रयोग गर्दा ओठ फुट्न थाल्छन् ।

आइस्याडो : क्रिम बेस्ड आइस्याडो वर्षभरि प्रयोग गर्न सकिन्छ, पाउडर आइस्याडो दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

हेयर प्रोडक्टस : स्याम्पु, कन्डिसनरका साथै अन्य हेयर स्टाइलिङ प्रोडक्टलाई राम्रोसँग बिर्को लगाएर राख्ने हो भने एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

लिपग्लस : लिप मेकअपलाई फाइन टच दिई लिपग्लस ६ महिनासम्म प्रयोग गर्न सकिन्छ । वर्षभरि प्रयोग गर्ने इच्छा छ भने ट्युबयुक्त लिपग्लस खरिद गर्नुपर्छ ।

नेलपोलिस : कुनै पनि नेलपोलिस खोलेपछि एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । हावाको सम्पर्कमा आउँदा नेलपोलिस चाँडै सुक्छ । त्यसैले नेलपोलिस प्रयोग गरेपछि राम्रोसँग बोतल बन्द गर्नुपर्छ ।

 Image