Successfully Copied

लक्जरी ब्राण्डको चौथो अवार्ड नेपाली सिम्रनलाई

अन्तराष्ट्रिय ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा नेपालकी सिम्रन खड्काले चौथो भएकी छिन् । दक्षिण कोरियाको सउल शहरमा सम्पन्न प्रतियोगीतामा उनले १९ देशका प्रतिस्पर्धिलाई पछि पार्दै उक्त स्थान हासिल गरेकी हुन् । उनले अवार्डको साथमा ५० लाख कोरियान वन र मेडल समेत हात पारेकी छन्

अन्तराष्ट्रिय ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा नेपालकी सिम्रन खड्काले चौथो भएकी छिन् । दक्षिण कोरियाको सउल शहरमा सम्पन्न प्रतियोगीतामा उनले १९ देशका प्रतिस्पर्धिलाई पछि पार्दै उक्त स्थान हासिल गरेकी हुन् । उनले अवार्डको साथमा ५० लाख कोरियान वन र मेडल समेत हात पारेकी छन् ।

अवाडर्मा कोरियाकी चोइ यिवनसु शिर्ष अवार्ड हात पारेकी छन्, भने रसियाकी अनिता स्टाफिभाले सेकेन्ड रनर अप र मंगोलीयाकी अनुदार दास दोर्जले सेकेन्ड रनर अपको उपाधि आफ्नो देश भित्र्याउन सफल भएका छन् ।

२० देखि २४ अक्टुबरसम्म आयोजना भएको अवार्डमा सहभागी भएर सिम्रन बिहिबार साँझ स्वदेश फर्किएकी छन् । कोटेश्र निवासी २० बर्षिया  खड्काले आफुले कल्पना नगरेको उपलब्धी हात पारेको बताइन् ।

खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाएको हो । नेपालको तर्फबाट पहिलो पटक सहभागी अवार्डमा खड्काले नेपालको नाम राख्न सफल भएको नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले बताए ।

बिभिन्न देशको कलासंस्कृती, भेषभुषा प्रदर्शन गर्ने उदेश्यले आयोजना हुादै आएको अवार्डमा खड्का डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृती झल्कने, मौलीक र राष्ट्रिय पहिरन सहित  सहभागी भएकी थिइन् ।

 Image