Successfully Copied

ओ टु फेसियल वक्र्स तथा बडी सेपिङको शाखा विस्तार

पछिल्लो समय, मानिसहरुमा अस्वाभाविक रुपमा शारिरीक वजन बढ्दै जाने समस्यालाइ मध्यनजर राख्दै यसको समाधानका लागी ओ टु फेसियल वक्र्स तथा बडी सेपिङले तौल घटाउने प्रबिधिमा जोड दिएको छ । कोरियाबाट आयातित अत्याधुनिक प्रबिधिका मेशिनद्धारा औषधीको प्रयोग बिना नै तौल घटाउने सेवा प्रदान गर्ने

                                

ओ टु फेसियल वर्कस तथा बडी सेपिङ (Oxygen Facial Works and Body Shaping) ले आफ्नो शाखा विस्तार गरेको छ । हिजो चाबहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो तल्लामा पुर्व मिस नेपाल तथा मिडिया पर्सनालिटी माल्भिका सुब्बाले रिबन काटेर यसको बिधिवत उद्घाटन गरिन् । पहिलो पटक कोरियन प्रबिधिद्धारा अक्सिजन फेसियल नेपाल भित्र्याएको ओ टु फेसियल वर्कसको यो दोस्रो शाखा हो । चावहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो तल्लामा विस्तारिक ओ टु मा कोरियन प्रबिधिका मेसिशनद्धारा सौन्दर्य तथा तौल घटाउने र शारिरीक आकारलाइ चुस्त दुरुस्त राखिरहने सेवा प्रदान गरिन्छ ।

पछिल्लो समय, मानिसहरुमा अस्वाभाविक रुपमा शारिरीक वजन बढ्दै जाने समस्यालाइ मध्यनजर राख्दै यसको समाधानका लागी ओ टु फेसियल वक्र्स तथा बडी सेपिङले तौल घटाउने प्रबिधिमा जोड दिएको छ । कोरियाबाट आयातित अत्याधुनिक प्रबिधिका मेशिनद्धारा औषधीको प्रयोग बिना नै तौल घटाउने सेवा प्रदान गर्ने मात्रै नभई शारिरीक वनावटलाई स्फुर्त र सेपमा राखिरहनका लागी समेत यहां बिभन्न सेवा उपलब्ध छन् । कुनै साइड इफेक्ट्स बिना मोटोपन घटाउने तथा शरिरका बिभिन्न भागमा लागेका बोसोको मात्रा घटाउने यहांका सेवा गुणस्तरीय र भरपर्दा छन् ।

त्यसका अलावा यहां अक्सिजन फेसियल, म्याजिक पट, अरोमा फेसियल लगायत हेयर, मेकअप, मेनिक्योर, पेडिक्योरका साथै छोटो समयमै तौल घटाउने मात्र नभइ शारिरीक बनावटलाइ आकर्षक सेपमा ल्याउन प्रयोग गरिने गरिने यो प्रबिधि निक्कै गुणस्तरीय र परिणाममुखी सावित भएको यहांबाट सेवा लिएका ग्राहाक बताउंछन् । टंगाल भाटभटेनीस्थित सञ्चालन हुदै आइरहेको ओ टु फेसियल वक्र्स तथा बडी सेपिङको शाखा केएल टावरमा महिला पुरुष दुबैका लागी सम्पुर्ण सेवा उपलब्ध छन् ।

प्रत्यक्ष्यरुपमा छालामा अक्सिजन पठाएर गरिने अक्सिजन फेसियल यहांको बिशेषता हो भने बिना औषधी शरिरलाई स्वस्थ, स्र्फुत र तरोताजा राखिरहन गुणस्तरीय मेशिनद्धारा दिइने  वेट लुज सेवा नेपालीहरुका लागी बरदान सावित हुनसक्छ , यसर्थमा कि सोही सेवा लिन नेपालीहरु ठुलो रकम खर्चेर बिदेश धाउने गरेका छन् । त्यति मात्र नभई ओ टु फेसियल वक्र्स एण्ड बडी सेपिङमा उच्चस्तरीय ब्राण्डका सौन्दर्य प्रसाधन पनि बिक्रीका लागी राखिएका छन् ।

 

ओ टु का बिशेषताहरु :

१) अक्सिजन फेसियल

२) अत्याधुनिक प्रविधिद्धारा तौल घटाउने ( बिना औषधीको प्रयोग )

४) शरिरलाई फिट एण्ड फाईन राखिरहनका लागी आधुनिक सेवाहरु

५) सौन्दर्य सम्बन्धी नविन र पृथक सेवाहरु

६) अन्तराष्ट्रिय ब्राण्डका सौन्दर्य प्रसाधन बिक्रीबितरण

 Image