Successfully Copied

पास्ता इन स्पिनेच

बर्गर ब्रेडको बीचमा काटेर दुवै भागमा टोम्याटो सस लगाउने । एकपछि अर्काे गर्दै सलादको पात, टमाटर, प्याजको स्लाइस तथा आलुको टिक्की राख्ने । हरेक स्लाइसको बीचमा चाट मसला छर्कने । त्यसमा स्लाइस चीज राख्ने र माथिबाट काँक्रा, टमाटर र प्याजको स्लाइस राख्ने ।

पास्ता इन स्पिनेच

सामग्री : उसिनेको पास्ता २ कप, बटर २ चम्चा, लसुनको पोटी ३–४ वटा, मैदा १ चम्चा, पालक काटेको २ चम्चा, दूध १ कप, नुन र मरिचको धूलो स्वादअनुसार तथा ओरिगानो स्वादअनुसार ।

विधि : प्यानमा बटर तताई लसुन खैरो हुन्जेल भुट्ने । त्यसमा मैदा हालेर वासना आउने गरी पकाउने । पालक हालेर राम्रोसँग भुट्ने । दूध हाली ग्रेभीलाई बाक्लो बनाउने । नुन, मरिच, ओरिगानो र पास्ताका साथ राम्रोसँग पकाउने ।

घरमै भेज बर्गर

सामग्री : बर्गर ब्रेड ४ वटा, आलु टिक्की ४ वटा, टमाटरको स्लाइस २ वटा, प्याज मसिनो गरी काटेको २ चम्चा, सलाद पात २ वटा, टोम्याटो सस २ चम्चा, चाट मसला आधा चम्चा, चीजको ४ स्लाइस तथा काँक्रा २ टुक्रा ।

आलु टिक्की बनाउने विधि : ६ वटा पाउरोटीका टुक्रालाई मिक्सरमा पिसेर आलुमा अदुवा, हरियो खुर्सानीको पेस्ट तथा नुन हालेर मिक्स गरी टिक्कीको आकार दिने अनि तेलमा डिप फ्राई गर्ने ।

बर्गर बनाउने विधि : बर्गर ब्रेडको बीचमा काटेर दुवै भागमा टोम्याटो सस लगाउने । एकपछि अर्काे गर्दै सलादको पात, टमाटर, प्याजको स्लाइस तथा आलुको टिक्की राख्ने । हरेक स्लाइसको बीचमा चाट मसला छर्कने । त्यसमा स्लाइस चीज राख्ने र माथिबाट काँक्रा, टमाटर र प्याजको स्लाइस राख्ने । चाट मसला छर्केर माथिबाट अर्काे ब्रेडले बन्द गर्ने । टुथपिक लगाएर ओबनमा बेक गर्ने ।

 Image