Successfully Copied

अमेरिकन चप्सी

१ सय ग्राम उसिनेको नुडल्सलाई तातो तेलमा खैरो हुन्जेल फ्राई गर्ने । अर्काे प्यानमा २ चम्चा तेल तताई लसुन फ्राई गर्ने । मिक्स भेजिटेबल्स र बाँकी नुडल्सलाई २–४ मिनेट फ्राई गर्ने । ससका सबै सामग्री मिसाएर ३–४ मिनेट पकाउने । आगोबाट निकालेर डिप

अमेरिकन चप्सी

सामग्री : नुडल्स ४ सय ग्राम (बोयल गरेको), भेजिटेबल्स २ कप (बन्दा, गाजर, तथा मटर) एवं लसुन २ चम्चा (काटेको) ।

ससका लागि : भेजिटेबल्स स्टक डेढ कप, सख्खर १ चम्चा, कर्नफ्लोर १ चम्चा, चिल्ली सस १ चम्चा, टोम्याटो केचप २ चम्चा, नुन र मरिचको धूलो स्वादअनुसार । सबै सामग्रीलाई राम्रोसँग मिक्स गर्ने ।

विधि : १ सय ग्राम उसिनेको नुडल्सलाई तातो तेलमा खैरो हुन्जेल फ्राई गर्ने । अर्काे प्यानमा २ चम्चा तेल तताई लसुन फ्राई गर्ने । मिक्स भेजिटेबल्स र बाँकी नुडल्सलाई २–४ मिनेट फ्राई गर्ने । ससका सबै सामग्री मिसाएर ३–४ मिनेट पकाउने । आगोबाट निकालेर डिप फ्राई गरिएको नुडल्स सजाएर सर्भ गर्ने ।

भेज हाका नुडल्स

सामग्री : क्याप्सिकन, प्याज, गाजर, बन्दा, मसिनो गरी काटिएको हरियो प्याज २ कप, लसुन आधा–आधा हुने गरी टुक्रा पारिएको १ चम्चा, टुसा उमारिएको गेडागुडी २ कप तथा हाका नुडल्स १ प्याकेट उमालेको ।

 

सिजनिङका लागि : मरिच आधा चम्चा, चिनी आधा चम्चा, नुन स्वादअनुसार, सोया सस ३ चम्चा तथा तेल आवश्यकताअनुसार ।

विधि : प्यानमा १ चम्चा तेल तताएर लसुन भुट्ने । हरियो खुर्सानी र प्याज हालेर ३ मिनेटजति कडा आगोमा भुट्ने । बाँकी सबै भेजिटेबल्स, नुडल्स तथा सिजनिङका सामग्री मिसाएर ३–४ मिनेट फ्राई गरी तात्तातो सर्भ गर्ने ।

 Image