Successfully Copied

कर्न पिज्जा

१ सय ग्राम उसिनेको नुडल्सलाई तातो तेलमा खैरो हुन्जेल फ्राई गर्ने । अर्काे प्यानमा २ चम्चा तेल तताई लसुन फ्राई गर्ने । मिक्स भेजिटेबल्स र बाँकी नुडल्सलाई २–४ मिनेट फ्राई गर्ने । ससका सबै सामग्री मिसाएर ३–४ मिनेट पकाउने । आगोबाट निकालेर डिप

कर्न पिज्जा

सामग्री : पिज्जा बेस १ वटा, चिल्ली सस आधा चम्चा, टोम्याटो केचप १ चम्चा, मोजरेला चीज (कोरिएको) आधा कप, कर्न पेस्टो मिक्चर २ चम्चा, बेबिकर्न (स–साना टुक्रामा काटेको) आधा कप, नुन र मरिचको धूलो स्वादअनुसार ।

कर्न पेस्टो मिक्स्चरका लागि : आधा कप स्विट कर्न, २ चम्चा पेस्टो सस तथा नुन हालेर मिक्स गरी तयार पार्ने ।

कर्न पिज्जा बनाउने विधि : बेकिङ ट्रेमा बटर लगाएर पिज्जा बेस राख्ने । टोम्याटो सस तथा चिल्ली ससलाई बेसमा फैलाएर दल्ने । त्यसको माथिबाट कर्न पेस्टो मिक्स्चर, बेबिकर्न, मोजरेला चीज अनि नुन फैलाएर राख्ने । ओबनमा २ सय डिग्रीमा १० देखि १५ मिनेट बेक गर्ने ।  

अमेरिकन चप्सी

सामग्री : नुडल्स ४ सय ग्राम (बोयल गरेको), भेजिटेबल्स २ कप (बन्दा, गाजर, तथा मटर) एवं लसुन २ चम्चा (काटेको) ।

ससका लागि : भेजिटेबल्स स्टक डेढ कप, सख्खर १ चम्चा, कर्नफ्लोर १ चम्चा, चिल्ली सस १ चम्चा, टोम्याटो केचप २ चम्चा, नुन र मरिचको धूलो स्वादअनुसार । सबै सामग्रीलाई राम्रोसँग मिक्स गर्ने ।

विधि : १ सय ग्राम उसिनेको नुडल्सलाई तातो तेलमा खैरो हुन्जेल फ्राई गर्ने । अर्काे प्यानमा २ चम्चा तेल तताई लसुन फ्राई गर्ने । मिक्स भेजिटेबल्स र बाँकी नुडल्सलाई २–४ मिनेट फ्राई गर्ने । ससका सबै सामग्री मिसाएर ३–४ मिनेट पकाउने । आगोबाट निकालेर डिप फ्राई गरिएको नुडल्स सजाएर सर्भ गर्ने ।

 Image