Successfully Copied

हाइजेनिक भान्सा

प्रयोग गरेपछि हरेकपटक चक्कु पखाल्नुपर्छ । दिनभर प्रयोग गरिएको चक्कुलाई बेलुकाको अन्तिम प्रयोगपछि तातो साबुनपानीको झोलले सफा गर्नुपर्छ । यसबाट चक्कु सफा मात्र हुँदैन, चक्कुमा टाँसिएका कीटाणु पनि नष्ट हुन्छन् ।

भान्सालाई हाइजेनिक राख्नुपर्छ । विशेष गरी भान्सामा प्रयोग हुने भाँडाकुँडा तथा अन्य सरसामानको नियमित सफाइ गर्नुपर्छ ।

चक्कुको सफाइ

प्रयोग गरेपछि हरेकपटक चक्कु पखाल्नुपर्छ । दिनभर प्रयोग गरिएको चक्कुलाई बेलुकाको अन्तिम प्रयोगपछि तातो साबुनपानीको झोलले सफा गर्नुपर्छ । यसबाट चक्कु सफा मात्र हुँदैन, चक्कुमा टाँसिएका कीटाणु पनि नष्ट हुन्छन् ।

कटिङबोर्ड

मासुजन्य पदार्थ काट्दा कटिङबोर्डमा बढी कीटाणु फैलन्छन् । त्यसैले कटिङबोर्ड प्रयोग गरिसकेपछि त्यसलाई हाइड्रोजन प्याराअक्साइड प्रयोग गरी सफा गर्नुपर्छ ।

भुइँँको सफाइ

भान्साकोठाको भुइँ पनि नियमित रूपले सफा राख्नुपर्छ । भान्साको भुइँ कीटाणुरहित राख्न सफा कपडालाई पानी तथा डिटरजेन्ट पाउडरको घोलमा चोबलेर भुइँ सफा गर्नुपर्छ ।

खाना ढाक्ने

पाकिसकेको खाना राखिएको कराइ तथा डेक्चीलाई सधैँ छोपेर राख्नुपर्छ ।

खाना बासी नराख्ने

भान्सामा पाकेको परिकार धेरै बेरसम्म राख्दा बिग्रँदै जान्छ । खाद्य सामग्रीलाई फ्रिजमा राख्नु र पटक–पटक तताइरहनु पनि स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छ ।

डस्टबिनवरिपरि सोडा

उब्रिएको तथा बिग्रिएको खाना भान्साकै एक कुनामा डस्टबिनमा राख्ने चलन धेरै घरमा देखिन्छ । यस्तो डस्टबिन सकेसम्म कोठाबाहिर घरको कम्पाउन्डमा कतै व्यवस्थित गर्नु उपयुक्त हुन्छ । यो सबैका लागि सम्भव नहुन सक्छ, त्यसैले फोहोर राखिएको डस्टबिनबाट नराम्रो गन्ध आउने तथा कीटाणु फैलने भएकाले डस्टबिनमा बेकिङ सोडा छर्कनुपर्छ ।

 Image