Successfully Copied

आत्मनिर्भर रितु थापा

कुनै समय घरबाट निस्कन महिलाको दैनिकी पछिल्लो सकय फेरिदै गएको छ । पछिल्लो समय पढाईदेखि हरेक क्षेत्रमा महिलाको राम्रो उपस्थिती देखिन थालेको छ । आत्मनिर्भर महिलाको संख्या पनि बढ्दै गएको छ । आत्म निर्भर महिलाको सूचीमा थपिएकी छिन् रितु थापा पनि ।

कुनै समय घरबाट निस्कन महिलाको दैनिकी पछिल्लो सकय फेरिदै गएको छ । पछिल्लो समय पढाईदेखि हरेक क्षेत्रमा महिलाको राम्रो उपस्थिती देखिन थालेको छ । आत्मनिर्भर महिलाको संख्या पनि बढ्दै गएको छ । आत्म निर्भर महिलाको सूचीमा थपिएकी छिन् रितु थापा पनि । उनले राजधानीको सुनधारामा रहेको ‘काठमाडौं मल’मा व्युटी पार्लर सञ्चालन सुरु गरेकी छिन् ।

रितुले काठमाडौं मलको पहिलो तल्लामा ‘लरेन्स व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’ नामक पार्लरको सुरुवात गरेकी छिन् । रितु थापाले सञ्चालनमा ल्याएको पार्लरको नायक सुरज प्रजापति, ब्यूटिसियन सुष्मा महरा तथा गायक अतिश लामाले रिवन काटेर उद्घाटन गरेका हुन् । अत्याधुनिक र सुविधासम्पन्न उक्त पार्लर सेन्टर महिला तथा पुरुष दुवैलाई सेवा दिने बताईएको छ ।

लामो समय व्युटिसियन सम्वन्धि काममा अनुभव बटुलेकी रितु थापा आफूले धेरैलाई रोजगारी दिने मनसायले यो व्यवसाय गर्न लागेको बतााउदै लरेन्स व्युटी पार्लरमा आउने सबैलाई सन्तुष्टि मिल्ने बताईन् । पार्लरमा फुल फेसियल ट्रली, भाइब्रेटरी मसाजर, हुड ड्रायर, फुट मसाजर, इलेक्ट्रोलाइसिस लगायत अत्याधुनिक उपकरणहरु रहेकोले अरुले भन्दा विशिष्ट श्रेणीको सेवा दिने समेत व्युटी पार्लरकी सञ्चालिका रितुको दाबी छ ।

आफ्नो पार्लरबाट लेडिज एण्ड जेन्ट्स हेयर कट, फेसियल, स्किन केयर, हेयर स्ट्रेट–नर्मल स्ट्रेट–कर्टेन स्ट्रेट, म्यानीक्युयर एण्ड पेडिक्युयर, ड्रेडलक, स्पेशल मेकअप, ब्राइडल मेकअप, हेयर कलर हेयर एक्सटेन्सन लगायतका सुविधा प्रदानमा गर्ने रितुले बताईन् ।

 Image