Successfully Copied

बेहुलाका लागि स्टाइलिङ टिप्स

परिवर्तित समयसँगै सुन्दर तथा आकर्षक देखिने विषयमा बेहुलाहरु पनि पछि छैनन् । अत: बेहुलाका लागि समेत फेसनशैली निकै महत्वपूर्ण भएको छ ।

परिवर्तित समयसँगै सुन्दर तथा आकर्षक देखिने विषयमा बेहुलाहरु पनि पछि छैनन् । अत: बेहुलाका लागि समेत फेसनशैली निकै महत्वपूर्ण भएको छ ।  

-सबैभन्दा पहिले आफू फर्मल वा ट्रेडिसनल कुन लुकमा प्रस्तुत हुन चाहने हो निर्णय गर्नुपर्छ ।

-विवाहका विविध समारोहमा फरक–फरक लुक राख्नु राम्रो हुन्छ र सोहीअनुरूप मोर्डन तथा ट्रेडिसनल लुकका लागि अनेकौं विकल्प उपलब्ध हुन्छन् । जस्तै: शेरवानी, कुर्ता पाइजामा, कुर्ता धोती, दौरा सुरुवाल, सुट आदि । आफ्नो रुचि एवं व्यक्तित्व सुहाउँदो विकल्प चयन गर्नु उचित हुन्छ ।

-फर्मल लुकको चाहना छ भने वेस्टर्न सुट लगाउनुपर्छ । यसका साथमा एसेसरिजमा घडी, कफलिन्क, टाइपिन, बेल्ट, सुज आदि बेहुलाको पर्सनालिटीका लागि उपयुक्त हुन्छन् ।

-शेरवानीमा बेहुला स्टाइलिस तथा परफेक्ट देखिन्छन् यसबाट रोयल लुक पनि प्राप्त हुन्छ । यसको कलर सेलेक्सन गर्दा आफ्नो कम्प्लेक्सन र समयलाई ध्यान दिनुपर्छ । रेड, मरुन वा गोल्डेन शेरवानी लोकप्रिय छ तर फरक लुकको चाहना छ भने अफ ह्वाइट, क्रिम, ब्राउन वा पेस्टल ग्रिन कलर समेत छनोट गर्न सकिन्छ । शेरवानीमा हेभी इम्ब्रोइडरी अहिले ट्रेन्डमा छ । यसबाहेक स्टोनवर्क, सिक्वेन्स तथा क्रिस्टल वर्क पनि लोकप्रिय छ । शेरवानीका साथमा एन्टिक तथा ट्रेडिसनल डिजाइन भएको मोजडी लगाउनु उपयुक्त हुन्छ । शेरवानीका साथमा एसेसरिजका रूपमा गोल्ड वा सिल्भर कफलिन्क, घडी, गोल्ड ब्रासलेट वा चेन लगाउन सकिन्छ ।

-विवाह र रिसेप्सनका लागि कम्प्लिमेन्टरी कलर्स प्रयोग गर्नुपर्छ ताकि म्याचिङ होस् ।

ब्राउन सुट छ भने ब्राउन कलरको म्याचिङ टाइ नभै कन्ट्रास्ट कलरको टाइ चयन गर्नु उपयुक्त  हुन्छ ।

-बेल्ट पनि स्टाइलिस हुनुपर्छ । शुद्ध छालाको बेल्ट प्रयोग गर्नुपर्छ । फलेसी बक्कल भएको बेल्ट नभै लेदर बेल्ट नै रोज्नुपर्छ ।

-रिसेप्सनका लागि शेरवानी वा पार्टी सुट लगाउनु उपयुक्त हुन्छ ।

-बेहुलाको व्यक्तित्वमा लेदर स्ट्राइप भएको नाडी घडीले क्लासी लुक प्रदान गर्छ । स्पोर्टी वा चम्की घडी त्यति उपयुक्त हुँदैन ।

 Image