Successfully Copied

महिलाहरूका प्रिय गायक

गीत–संगीत धेरैको सुख–दु:खको साथी हो । भनिन्छ–गीत–संगीत एक प्रकारको औषधि नै हो । आधुनिक उपचार प्रणालीबाट सम्भव नभएका कतिपय रोग गीत–संगीतले निको पार्ने खबर पनि बेलाबेलामा सार्वजनिक भैरहेका हुन्छन् । गीत–संगीत मन नपराउने मानिस पनि बिरलै होलान् तर सबैलाई सबै प्रकारका गीत–संगीत तथा

गीत–संगीत धेरैको सुख–दु:खको साथी हो । भनिन्छ–गीत–संगीत एक प्रकारको औषधि नै हो । आधुनिक उपचार प्रणालीबाट सम्भव नभएका कतिपय रोग गीत–संगीतले निको पार्ने खबर पनि बेलाबेलामा सार्वजनिक भैरहेका हुन्छन् । गीत–संगीत मन नपराउने मानिस पनि बिरलै होलान् तर सबैलाई सबै प्रकारका गीत–संगीत तथा सबै गायक–गायिकाको स्वर उत्तिकै मन पर्छ भन्ने छैन । आफ्नो स्वभाव एवं विचारअनुसार गीत–संगीतको रोजाइ पनि फरक–परक हुनसक्छ ।

चन्दा खड्का, सञ्चारकर्मी

सञ्चारकर्मी चन्दा खड्कालाई गायक शिव परियार तथा स्वरूपराज आचार्यको स्वर असाध्यै मन पर्छ । सानो छँदा सांगीतिक वातावरण नपाएकी चन्दा जब गीत सुन्थिन्, आफ्नो परिवारलाई पनि सांगीतिक बनाउनुपर्छ भन्ने कल्पना गर्थिन् । पछि आफै संचार एवं संगीत क्षेत्रमा लागेपछि उनको परिवार बिस्तारै गीत–संगीतमा रुचि राख्ने भयो । परिवारले नै गीत–संगीत रुचाउन थालेपछि उनलाई गीत सुन्न सजिलो भयो । त्यसपछि उनले शिव र स्वरूपका गीत छानीछानी सुन्न थालिन् । पूर्वमा सांस्कृतिक कार्यक्रमहरू चलाउँदै आएकी चन्दाले केही स्टेजमा आफ्ना मन पर्ने गायकहरूलाई भेटेकी छिन् । अरूलाई भेट्दा खासै फरक अनुभव नगरेकी यी संचारकर्मीले शिव र स्वरूपलाई भेट्दा भने केही फरक अनुभूति गरिन् ।

टीका प्रसाईं, गायिका

टीका प्रसाईंलाई दीप श्रेष्ठको स्वरले तान्छ । सानैदेखि गीत–संगीतमा रुचि भएकी टीका आफू दीप श्रेष्ठका गीत सुन्दै हुर्किएको बताउँछिन् । टीकालाई दीपका ‘झीरमा उनिनु, भन्थिन् मेरी ऊनी, बितेका कुरा’ जस्ता गीतले असाध्यै छुन्छ । सानैदेखि सांगीतिक वातावरणमा हुर्किएकी टीकालाई गायकीमा लाग्ने प्रेरणा नै उनको परिवारको गीतप्रतिको मोह र दीप श्रेष्ठको स्वरले प्रदान गरेको हो । धेरै पटक दीपलाई भेटिसकेकी टीका सामाजिक सञ्जालमा पनि उनलाई फलो गर्छिन् । टीका दीप श्रेष्ठले गाउने हरेकजसो कार्यक्रममा उपस्थित हुन्छिन् ।

उषा शेरचन, साहित्यकार

आफूलाई गीत–संगीतकी चुँजी श्रोताका रूपमा चिनाउने साहित्यकार उषा शेरचनलाई भने स्वरसम्राट नारायण गोपालको स्वर मनपर्छ । उषाका हजुरबुवा संगीतमा रुचि मात्र राख्दैनथे अत्यन्तै सुन्दर ढंगले सितार र तबला बजाउँथे । हजुरबुवाको सितार र तबलाको धुन सुन्दै हुर्किएकी उषा फुर्सदमा रेडियो सुन्थिन् । व्यक्तिगत रूपमा कुनै पनि गायक–गायिकालाई सामाजिक सञ्जालमा फलो नगरेकी उषा नारायण गोपालका गीत भने युट्युबमा खोजीखोजी सुन्छिन् ।

रजनी केसी, नायिका

नायिका रजनी केसी गायक रामकृष्ण ढकालकी फ्यान हुन् । रामकृष्णका नयाँ गीत जति सुन्यो उति तानिने रजनी सानैदेखि गीत सुन्थिन् । सांगीतिक वातावरणमा हुर्किएकी रजनीका बाबु–आमा पनि निकै रुचिपूर्वक गीत–संगीत सुन्थे । कला क्षेत्रमा लागेपछि उनका लागि आफूलाई मन परेको गायकसँग भेट्नु त्यति ठूलो कुरा भएन । धेरै गायक–गायिकाका म्युजिक भिडियोमा अभिनय गरिसकेकी रजनीले रामकृष्ण ढकालको गीतमा भने अभिनय गर्न पाएकी छैनन् ।

ऋतु कँडेल, गायिका

गायिका ऋतु कँडेललाई गायक उदय सोताङको स्वर खास लाग्छ । उदयको स्वर निखारिएको बताउने ऋतुलाई उनको गायनको फिल पनि असाध्यै मन पर्छ । आफैं गीत–संगीतमा लागेकी ऋतुलाई उदयसँग युगल गीत गाउने रहर छ तर उनको त्यो रहर अहिलेसम्म पूरा भएको छैन । आफूलाई मन पर्ने गायक भएको हुनाले ऋतुले उदयलाई सामाजिक सञ्जाल फेसबुकमा फलो गरेकी छिन् । उदयका पोस्ट तथा फोटोमा लाइक तथा कमेन्ट गरेर स्नेह प्रकट गर्ने कँडेल बेलाबेलामा उदयका गीत सेयरसमेत गर्छिन् ।

पवित्रा आचार्य, कोरियोग्राफर

कोरियोग्राफर पवित्रा आचार्यलाई सुगम पोखरेलको स्वर मन पर्छ । पछिल्लो समय सुगमको ‘मायाले बोलेको बोली मीठो भयो’ गीत सुनेकी पवित्रा सुगमको स्वर आफूलाई जादुयी लाग्ने बताउँछिन् । फुर्सदको अधिकांश समय सुगमका गीत सुनेर बिताउने पवित्रा सामाजिक सञ्जालमा उनलाई खुब पछ्याउँछिन् । सुगमका गीत तथा भिडियोहरू बेलाबेला आफ्ना वालमा सेयर गरेर स्नेह प्रकट गर्ने पवित्राले मन भए पनि आफ्ना प्रिय गायकको गीतमा भने आफ्नो प्रतिभा देखाउन पाएकी छैनन् ।

वर्षा बस्नेत, सञ्चारकर्मी

सञ्चारकर्मी वर्षा बस्नेत पनि सुगम पोखरेलको स्वर एकदमै मन पराउँछिन् । स्कुल पढ्दादेखि नै साथीहरूसँग सुगमका गीत गाउने वर्षालाई संचार क्षेत्रमा लागेपछि आफ्ना प्रिय गायकलाई भेट्न सजिलो भयो । फुर्सदको प्राय: समय सुगमका गीत सुनेर बिताउने वर्षा सुगमका नयाँ सिर्जना सार्वजनि हुनेबित्तिकै त्यसको समाचार बनाएर सुगमप्रति प्रेम प्रकट गर्छिन् ।

राधिका हमाल, लोकगायिका

लोकगायिका राधिका हमाललाई शिशिर योगीको स्वर मन पर्छ । बाल्यकालमा त्यति सांगीतिक वातावरण नपाएकी राधिकाले आफैले घरमा सांगीतिक वातावरण सिर्जना गरेकी थिइन् । आफै पनि सांगीतिक क्षेत्रमा भएकाले योगीसँग उनको भेट भैरहन्छ । त्यसैले पनि उनी सामाजिक सञ्जालमा शिशिरलाई त्यति फलो गर्दिनन् तर शिशिरका गीत–संगीत नै आफ्नो फुर्सदको साथी हुने राधिका बताउँछिन् ।

ललिता कुँवर, गीतकार

गीतकार ललिता कुँवर गायक राजेश पायल राईको स्वर मन पराउँछिन् । गीत–संगीत सुन्दा स्वर मात्र नभएर शब्द, संगीत आदि सबै कुरामा ध्यान पुर्‍याउने ललितालाई राजेशपायल राई भर्सटायल गायक हुन् भन्ने लाग्छ । पछिल्लो समय राईको ‘तिम्रो यादमा आज आँसु बगाउँदैछु कठै....।’ गीत सुनेकी ललिता धेरैजसो राजेशकै गीत सुनिरहेकी हुन्छिन् । आफै सामाजिक सञ्जालमा झुकाव नराख्ने र थोरै समय दिने ललिताले सामाजिक सञ्जालमा भने कुनै पनि गायकलाई फलो गरकी छैनन् ।

शिल्पा पोखरेल, नायिका

नायिका शिल्पा पोखरेललाई स्वरूपराज आचार्य र प्रमोद खरेलको स्वर मन पर्छ । धेरै गायक–गायिकाले गाएका गीतका म्युजिक भिडियोमा अभिनय गरेकी शिल्पा अहिले पनि स्वरूप र प्रमोदको गीतको म्युजिक भिडियोमा काम गर्न पाउँदा फुरुङ्ग हुन्छिन् । आफ्ना प्रिय दुवै गायकको गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेकी शिल्पालाई भेट्न गार्‍हो छैन आफ्ना प्रिय गायकहरूलाई तैपनि उनीहरूलाई सामाजिक सञ्जालमा समेत फलो गरिरहेकी हुन्छिन् ।

 Image