Successfully Copied

विवाहपूर्व ध्यान दिनुपर्ने कुरा

शारीरिक सम्बन्धको प्रगाढता र त्यसका आयामहरूको जानकारी राख्नु आवश्यक हुन्छ । अन्यथा सम्बन्ध बन्नुपूर्व नै टुट्नसक्छ । यसका लागि सेक्सका बारेमा सही जानकारी प्राप्त गर्नुपर्छ । यसबाट डर तथा असहजता हटाउन सहयोग प्राप्त हुन्छ ।

विवाहका सम्बन्धमा हरेकसँग सुन्दर सपना हुन्छन् जसलाई पूरा गर्न निम्न कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

प्रि ब्राइडल ब्युटी प्लान

विवाहपूर्व ३–४ महिनाअगाडिदेखि नै ब्युटी एक्सपर्टको सल्लाहमा प्रि ब्राइडल ब्युटीका बारेमा बुझ्नुपर्छ । छालाका साथै हेयर ट्रिटमेन्ट पनि गराउनुपर्छ । समय–समयमा छाला तथा केशको सिटिङ लिनुपर्छ ।

फिटनेस र डाइट प्लान

वेट कन्ट्रोलका लागि फिटनेस प्लान बनाउनुपर्छ । इच्छाअनुसार एरोविक्स क्लास वा जिम ज्वाइन गर्नुुपर्छ । जंकफुड तथा तैलीय खानाबाट जोगिनुपर्छ । त्यसको साटो डायटिसियनको सल्लाहमा सही डाइट प्लान गर्नुपर्छ । यसले सुन्दरता कायम राख्छ । फिटनेस ट्रेनर तथा डायटिसियनको सल्लाहअनुसार चल्नुपर्छ ।

तनावमुक्त रहनुपर्छ

विवाह नजिकिँदै जाँदा तनाव पनि बढ्दै जान्छ । अत: मर्निङ वाक, योग वा मेडिटेसन गर्नुपर्छ ।

सेक्ससम्बन्धी ज्ञान

शारीरिक सम्बन्धको प्रगाढता र त्यसका आयामहरूको जानकारी राख्नु आवश्यक हुन्छ । अन्यथा सम्बन्ध बन्नुपूर्व नै टुट्नसक्छ । यसका लागि सेक्सका बारेमा सही जानकारी प्राप्त गर्नुपर्छ । यसबाट डर तथा असहजता हटाउन सहयोग प्राप्त हुन्छ ।

तालमेल कायम गर्ने प्रयास

श्रीमान्को घरमा परिवारजनसितको राम्रो व्यवहारले नै सबैको प्रिय हुने भएकाले, सासू–ससुरा, नन्द, देवर आदि प्रति राम्रो व्यवहार गर्नुपर्छ । रिस, घमण्ड, स्वार्थीपनजस्ता कुरामा सचेत रहनु आवश्यक छ ।

कुकरी सिक्नुपर्छ

कुकरी सिक्नु अरुलाई ख्वाउनका लागि मात्र नभएर आवश्यक समयमा आफैले पकाएर खानका लागि पनि हो । यसो गर्दा खानका लागि अरुमाथि वा होटल–रेस्टुराँमा निर्भर हुनुपर्दैन । भान्सा सम्हाल्न जान्नु होममेकरको राम्रो पक्ष भएकाले यस विषयमा ज्ञान हुनु राम्रो हुन्छ ।

आफ्नो रुचिलाई बेवास्ता नगरौं

आफ्नो रुचिका कुराका लागि समय निकाल्नुपर्छ । चाहे त्यो पुस्तक पढ्न होस्, संगीत सुन्न अथवा नृत्य, पेन्टिङ आदि जे गर्दा खुसी प्राप्त हुन्छ, त्यो गर्नु राम्रो हुन्छ ।

हेल्थ चेकअप

विवाहपूर्व भावी दम्पतीले आ–आफ्नो स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ । यसबाट स्वास्थ्य प्रतिकूलताका बारेमा थाहा पाइन्छ र समयमै उपचार सम्भव हुन्छ । विवाहपूर्व नै उपचार गराए विवाहपछि समस्या भोग्नुपर्दैन ।

आफ्नो खुसीलाई महत्व दिनुपर्छ

आफ्नो मनको इच्छा पूरा गर्नुपर्छ । चाहे त्यो खानपानका कुरा होस् वा घुमफिरको, सपिङ गर्ने होस् वा कुनै काम गर्ने । आफ्नो इच्छा पूरा गर्दा खुसी र आत्मविश्वास दुवै प्राप्त हुन्छ । स–साना खुसीले आफ्नो जीवनलाई आनन्ददायक बनाउँछ ।

ग्रुमिङ वर्कसप

फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन भन्ने भनाइ नै छ तसर्थ उठ्ने–बस्ने, खानपिन एवं व्यवहार गर्ने तरिका बुझ्नुपर्छ । यसैबाट अरूलाई प्रभावित तुल्याउन सकिन्छ । अत: विवाहको एक–दुई महिनापूर्वदेखि नै पर्सनालिटी ग्रुमिङ वर्कसपमा सहभागी हुनुपर्छ । यसबाट विविध सोसल म्यानर्स तथा एटिकेट सिक्न सकिन्छ ।

अनावश्यक खानु हुँदैन

विवाहपूर्व घरपरिवार आफन्तजन साथीभाइसित विभिन्न पार्टी, जमघटमा धेरै खाइन्छ । अनावश्यक खाना खाँदा शरीरको तौल बढ्नुका साथै एसिडिटी समेत हुनसक्छ । अत: आफ्नो भोकअनुसार खानुपर्छ ।

तुलना गर्ने बानी छोड्नुपर्छ

माइती पक्ष र श्रीमान्को घर परिवारबीच वातावरण, व्यवहार, सुविधा, सम्पन्नता आदिको तुलना गर्ने बानी ठीक होइन । यो बानीको सिकार भए दु:खबाहेक अरु केही हात पर्दैन । अत: यसलाई छोड्नुपर्छ, तुलना

गर्नु हुँदैन ।

 Image