Successfully Copied

विवाहसित जोडिएको डर

बेहुलीमा प्रणयरात्रिको चिन्तासबैभन्दा बढी हुन्छ । हाम्रो समाज अझै पनि यौनका मामिलामा त्यति खुल्न सकेको छैन । जसका कारण यो विषयमा बेहुलीले चाहेर पनि कसैसित प्रश्न गर्न सक्दिनन्, शंका समाधान गर्न पाउँदिनन् । फलस्वरूप यौनका विषयमा बेहुलीहरू भ्रमित हुन्छन् र उनीहरूमा यसको बढी

बेहुलाको डर

सन्तुष्टि दिन नसकिने हो कि भन्ने डर : वैवाहिक जीवनका प्रारम्भिक दिनमा यौन सबैभन्दा महत्वपूर्ण हुन्छ । बेहुलाको मनमा यौनाङ्गको आकार, उत्तेजना, शीघ्र स्खलन आदिथुप्रै डर–शंका हुन्छ । त्यसबाहेक आफ्नी जीवनसाथीलाई शारीरिक सन्तुष्टि प्रदान गर्न सकिन्छ कि सकिँदैन भन्ने डर पनि हुन्छ ।

स्वतन्त्रताको डर :मानिस आफ्नो इच्छाअनुसार जिउन चाहन्छ । उसलाई बाहिर जान–आउन, खानपान, पहिरन, साथीभाइसँग समय बिताउनकसैको अनुमति लिनुपर्ने स्थिति वा हस्तक्षेप मनपर्दैन र ऊ त्यसमा आफ्नै तरिकाले व्यवहार गर्छ । प्राय: बेहुला आफ्नो व्यक्तिगत स्वतन्त्रताका बारेमा चिन्तित हुन्छन् ।

पर्फेक्ट म्याचको डर : विवाहको दिन ह्यान्डसम देखिने हो–होइन भन्ने डर त छँदैछ, तर उसको चिन्ता तब अझ बढ्छ जब उसकी बेहुली बढी सुन्दर र आकर्षक हुन्छिन् । यस्तै चिन्ता बेहुलीमा पनि हुन्छ ।

जोइटिङ्ग्रे हुने डर : घरपरिवार एवं साथीभाइले आफूलाई जोइटिङ्ग्रेको ट्याग नभिराऊन् भन्न्ने चिन्ता पनि बेहुलामा हुन्छ ।

कमिटमेन्टको डर : आफूले गर्ने बचनबद्धता निर्वाह गर्न सकिँदैन कि भन्ने डर पनि बेहुलामा पाइन्छ । के म आफ्नो इच्छाले केही गर्न पाउँछु ? के यो कमिटमेन्टका लागि त्याग गर्नुपर्ला ? जस्ता प्रश्न उसको चिन्ताको विषय बन्छ ।

एडजस्टमेन्टको डर : बेहुलीहरूमा देखिने एडजस्टमेन्टको डर बेहुलामा पनि हुन्छ । के जीवनसाथीले आफ्नो परिवारमा एडजस्ट गर्न सक्छिन् ? के आफ्ना आमाबुबाको सम्मान गर्छिन् ? परिवारमा झगडा त हुँदैन ? अलग बस्ने कुरा त उठ्दैन ? यस प्रकारका अनेकौं प्रश्न बेहुलाको मनमा उठ्न सक्छन् ।

श्रीमतीको करियर आफ्नो भन्दा राम्रो हुने डर : श्रीमती काजकाजी भए उनको कमाइ र सफलता आफ्नो भन्दा बढी भए के गर्ने भन्ने डरदेखि एउटै प्रोफेसनमा रहँदा इगो प्रोब्लमको चिन्ता पनि बेहुलालाई हुन्छ ।

अपेक्षामा खरो नउत्रने हो कि भन्ने डर बेहुलाको मनमा प्राय: यही संशय रहन्छ कि ऊ आफ्नो जीवनसाथीको ड्रिममेन बन्न सक्छ कि सक्दैन ? के श्रीमतीले आफ्नो स्वभाव, व्यवहार र बानी मनपराउँछिन्? के उसले श्रीमतीको सपना पूरा गर्न सक्छ?वैवाहिक जीवनको प्रारम्भसँगै बढ्ने अपेक्षामा खरो उत्रन सक्ने–नसक्ने डरले बेहुलाहरू चिन्तित हुन्छन् ।

बेहुलीको डर

बेहुलाको परिवारसित सामन्जस्यता : मागी विवाह होस् वा प्रेम विवाह, हाम्रो परिवेशमा बेहुलाको परिवारजनसित घुलमिलको सम्भावना थोरै हुन्छ । यसबाट आफ्ना सासू–ससुरा एवं परिवारजनसित राम्रो सामन्जस्यता बसाउन नसक्ने हो कि भन्ने डर बेहुलीमा पाइन्छ ।

फाइनेन्सियल सेक्युरिटीको डर : कामकाजी बेहुलीमा आफ्नो कमाइ घर संचालनमा खर्च हुने तथा त्यसबाट बचत नहुने डर हुन्छ । आफ्नो आम्दानीमा श्रीमान्ले हक जनाउने हुन् कि भन्ने डर, आर्थिक आर्जनका बारेमा विवादको डर, घर खर्च सम्हाल्न नसक्ने हो कि भन्ने डरले पनि बेहुलीहरू चिन्तित हुनसक्छन् ।

प्रणयरात्रिको डर :बेहुलीमा प्रणयरात्रिको चिन्तासबैभन्दा बढी हुन्छ । हाम्रो समाज अझै पनि यौनका मामिलामा त्यति खुल्न सकेको छैन । जसका कारण यो विषयमा बेहुलीले चाहेर पनि कसैसित प्रश्न गर्न सक्दिनन्, शंका समाधान गर्न पाउँदिनन् । फलस्वरूप यौनका विषयमा बेहुलीहरू भ्रमित हुन्छन् र उनीहरूमा यसको बढी चिन्ता हुन्छ ।

करियरको डर : विवाहपछि करियर समाप्त हुने हो कि, करियरमा सम्झौता गर्नुपर्ने हो कि भन्ने डर पनि बेहुलीमा रहन्छ । परिवार–गृहस्थी एवं करियरमा तालमेल राख्नेदेखि यसमा जीवनसाथीको प्रतिक्रिया, साथ, सहयोग कस्तो रहला, परिवारजनको सहमति–असहमतिजस्ताविषयमा पनि उनीहरू चिन्तित हुन्छन् ।

विवाहका बेला महिनाबारीको डर : महिनाबारीको समय विवाहकै बेला छ भने बेहुलीहरू अझ चिन्तित हुन्छन् । पिरियड्सका बेला विवाह समारोह तथा परम्परासित जोडिएका प्रक्रियाहरूका बारेमा उनीहरूको चिन्ता केन्द्रित हुन्छ ।

जीवनसाथीबाट प्रेम प्राप्त नहुने डर : प्रेम विवाहमा यस्तो डर रहँदैन तर मागी विवाहमा भने हुन्छ । श्रीमान्को मन जित्न गाह्रो हुने डर, श्रीमान्लाई आफू सुन्दर नलाग्ने हो कि भन्ने आशंका, आफ्नो व्यवहार, सोच, स्वभाव आदिश्रीमान्लाई नरुच्ने हो कि भन्ने चिन्ता आदिले बेहुलीहरू तनावग्रस्त हुन्छन् ।

सन्तान नहुने डर : उच्च शिक्षा एवं करियरप्रतिको बढी झुकावका कारण विवाहको उमेर बढ्दो छ । यसबाट बेहुलीको मनमा आफू आमा बन्न सक्षम हुने–नहुने असुरक्षाको भावना बढ्छ । आफू वा श्रीमान्मा सन्तान जन्माउने क्षमता नभए के गर्ने भन्ने भय उनीहरूमा रहन्छ । त्यस्तो स्थितिमा के गर्ने, कतै वैवाहिक सम्बन्ध नै टुट्छ कि ? भन्ने चिन्ता पनि उनीहरूमा हुन्छ ।

 Image