Successfully Copied

इजी स्लिमका विशेषता

मेसिन तथा भाइब्रेसनको सहायताले तौल घटाइने भएकाले उच्च रक्तचाप, मधुमेह, मुटु रोगी तथा गर्भवती महिलाले यो सेवा लिनु हुँदैन भने महिनावारीको समयमा तथा एचआइभी लागेकाहरूले पनि यो सेवा लिनुहुँदैन ।

                                                                   रोजिना शाक्य, अध्यक्ष,

                                                        इजी स्लिम एन्ड ब्युटिकेयर, मीनभवन

 

इजी स्लिममा के–कस्ता सुविधा उपलब्ध छन् ?

इजी स्लिममा तौल घटाउने, फिगर मेन्टेन गर्ने, स्तन तथा हिपको साइज मिलाउने, बडी थेरापी, बीएम आई आदि सुविधा उपलब्ध छन् । यहाँ ब्युटिकेयरअन्तर्गत एक्ने ट्रिटमेन्ट, कालो दाग हटाउने, छाला सेतो बनाउने, छाला कसिलो बनाउने, टाउकाको मसाज आदि पनि उपलब्ध हुन्छ ।

 

धेरैजसो मानिस के गर्न आउँछन् यहाँ ?

तौल घटाउनुका साथै फेसियल तथा डन्डिफोरको उपचारका लागि आउँछन् जसमा १८ वर्षदेखि ६५ वर्ष सम्मका महिला–पुरुष हुन्छन् । त्यसमा पनि महिलाको संख्या नै बढी हुन्छ ।

तौल घटाउने मेसिनले कुनै साइडइफेक्ट गर्छ कि ?

यो मेसिनले कुनै साइडइफेक्ट तथा एक्सरसाइजविना १५ दिनमै तौल घटाउँछ । त्यसैले कुनै झन्झटविना फिट तथा स्लिम देखिन सकिन्छ ।

तौल घटाउँदाको खानपान कस्तो हुनुपर्छ ?

हामीकहाँ तौल घटाउन आउनेहरूले हामीले नै दिएको खाना खानुपर्छ । हामी ब्यालेन्स डाइट उपलब्ध गराउँछौं ।

मेसिनको सहायताले तौल घटाउनुअघि ध्यान पुर्‍याउनुपर्ने केही कुरा छन् कि ?

मेसिन तथा भाइब्रेसनको सहायताले तौल घटाइने भएकाले उच्च रक्तचाप, मधुमेह, मुटु रोगी तथा गर्भवती महिलाले यो सेवा लिनु हुँदैन भने महिनावारीको समयमा तथा एचआइभी लागेकाहरूले पनि यो सेवा लिनुहुँदैन ।

 Image