Successfully Copied

थर्मल वेयर छनोट गर्दा

जाडो मौसममा चिसो हावाबाट जोगिन स्टाइलिस ऊलनको पहिरन त होला तर के त्यसले भित्री सुरक्षा प्रदान गर्छ ? जाडोमा शरीरलाई सही तरिकाले न्यानो राख्न थर्मल वेयर बडी वार्मर उपयुक्त हुन्छ ।

जाडो मौसममा चिसो हावाबाट जोगिन स्टाइलिस ऊलनको पहिरन त होला तर के त्यसले भित्री सुरक्षा प्रदान गर्छ ? जाडोमा शरीरलाई सही तरिकाले न्यानो राख्न थर्मल वेयर बडी वार्मर उपयुक्त हुन्छ ।

फेब्रिक : बजारमा थुप्रै प्रकारका फेब्रिकका थर्मल वेयर उपलब्ध छन् । भित्री लेयरमा सफ्ट कटन तथा बाहिरी लेयरमा ऊलन भएको थर्मल वेयर नै उत्तम हुन्छ । यस्तो थर्मल वेयरको भित्री लेयरले न्यानो प्रदान गर्छ भने छालाले आरामपूर्वक श्वास लिन पाउँछ । यसमा र्‍यासेज आउने खतरासमेत रहँदैन । यो नरम, आरामदायक तथा छाला फ्रेन्डली हुन्छ ।

पहिरनअनुरूप : थर्मल वेयरको चयन आफ्नो आवश्यकताअनुसार गर्नुपर्छ । आजभोलिका टु पिस थर्मल वेयर फरक–फरक डिजाइनमा उपलब्ध छन् । अपर पार्टको डिजाइनमा स्लिभलेस, हाफ स्लिव, फुल स्लिवका साथमा डिप राउन्ड नेक, भी नेकबाहेक स्पेगेटी स्टाइल पनि चल्तीमा छ । बटममा लेगिङ, पाइन्ट तथा केप्री स्टाइल पनि उत्तिकै चलेको छ । यसलाई आफ्नो पहिरनअनुरूप सहज रूपमा क्यारी गर्न सकिन्छ ।

थर्मलले कसरी काम गर्छ ?

बडी वार्मरले इन्सुलेसन प्रविधिबाट काम गर्छ । यसमा प्रयोग हुने फेब्रिकले शरीरको नरमपनको थोरै भाग सोसेर सुकाउँछ र शरीर तथा कपडाका बीचको इन्सुलेटिङ लेयरमा हावाको प्रवाह कायम राख्छ । यसलाई राम्रोसँग बुनिएको हुन्छ । ऊलनको थर्मल वेयरले शरीरको तातोपन कायम राख्छ ।

धुने उपाय

थर्मल वेयरको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ किनभने यो सीधै शरीरको सम्पर्कमा रहन्छ । यसको सफाइका लागि बजारमा उपलब्ध ऊलन डिटर्जेन्ट लिक्विड नै प्रयोग गर्नुपर्छ । तातोपानीले धुँदा थर्मल वेयर लुज हुने खतरा हुन्छ ।

यसलाई केही समय ऊलन लिक्विड डिटर्जेन्ट हालिएको चिसो पानीमा भिजाएर राख्नुपर्छ । त्यसपछि हातले रब गर्दै राम्रोसँग धुनुपर्छ । यसबाट डिटर्जेन्ट पूर्णरूपले पखालिन्छ । त्यसपछि एकपटक एन्टिसेप्टिक ड्रप हालिएको पानीमा चोबलेर निकाल्नुपर्छ । यसले थर्मल वेयर कीटाणुरहित हुन्छ । थर्मल वेयरलाई वासिङ मेसिनको ड्रायरमा सुकाएपछि घाममा सुकाउनुपर्छ जसले गर्दा यो पूर्णरूपमा सुक्छ ।

 Image