Successfully Copied

कृपा चुकेलाई मिसेस् क्यापिटल क्वीनको उपाधि

विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेस् क्यापिटल क्वीन नेपाल’को उपाधिमा कृपा चुकेले आफ्नो नाम दर्ता गराउन सफल भएकी छिन् । एमजोन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न उक्त प्रतियोगीतामा कृपाले आफ्ना १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै मुख्य उपाधिको ताज पहिरिएकी हुन् ।

उनले वेष्ट ड्रेसको अवार्ड पनि जितिन् । प्रतियोगितामा सुमित्रा लामा फस्ट रनर अप तथा लक्ष्मी पुरी प्रधान सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । सुमित्राले चार्मिङ् विधामा आफूलाई उत्कृष्टका रुपमा उभ्याउादा लक्ष्मीले कन्फिडेन्ट उपाधिमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्न सफल भइन् ।

अन्य मुख्य उपाधि तर्फ पपुलर विधामा उर्मिला घिमिरे, ट्यालेन्ट विधामा करुणा श्रेष्ठ, पर्सनालिटी र पब्लिक च्वाइस विधामा विकला घिमिरे, फोटोजेनिक विधामा संगीता लिम्बु डंगोल तथा वेष्ट वाक विधामा छनु गुरुङ विजेता चयन भएका थिए ।  प्रतियोगिता हिमानी सुब्बाको कोरियोग्राफीमा संचालन भएको थियो ।

 Image