Successfully Copied

फस्ट रनर अप सविता

इन्डियाज् नेक्स्ट टप मोडल सिजन थ्रीको टप थ्री फाइनलिष्टका रुपमा चयन भएका काठमाडौंकी सविता कार्की, अहमदाबादकी रिया सुबोध, पुणेका स्वेता राज मध्ये अन्तत: रिया सुबोधले यो सीजनको उपाधिमा बाजी मार्न सफल भएकी छिन् ।

दुई महिना लामो फेसन, स्टाइल, ग्ल्यामर, मोडलिङ सम्बन्धीत फोटोशुट, च्यालेन्स टास्क, क्याटवाक र समग्र पर्फमेन्सको प्रतिस्पर्धात्मक मोडलिङ आधारित इन्डियाज् नेक्सट टप मोडल सीजन थ्रीको फिनाले डिसेम्बर १६ तारिखमा विधिवत् सम्पन्न भएको छ । इन्डियाज् नेक्स्ट टप मोडल सिजन थ्रीको टप थ्री फाइनलिष्टका रुपमा चयन भएका काठमाडौंकी सविता कार्की, अहमदाबादकी रिया सुबोध, पुणेका स्वेता राज मध्ये अन्तत: रिया सुबोधले यो सीजनको उपाधिमा बाजी मार्न सफल भएकी छिन् । काठमाडौंकी सविता कार्की फस्ट रनर अप बनेको बेला अर्की भारतीय मोडल स्वेता राजले सेकेन्ड रनर अपमा चिक्त बुझाउनु पर्‍यो । प्रतिस्पर्धा प्रारम्भ भए देखिको समग्र यात्रा, प्रस्तुति र प्रभावकारिता संगै अन्तिम फाइनल प्रस्तुतिको र्‍याम्प वाक, फोटोसुट र पर्फमेन्सको आधारमा यस पटकको इन्डियाज् नेक्स्ट टप मोडलको विजेता चयन गरिएको थियो ।

फाइनल प्रस्तुति भन्दा अगाडि टप थ्री फाइनलिष्ट रिया, सविता र श्वेताले आप्पोको २०१८ को क्यालेन्डरका लागि फोटोशुट गरेका थिए भने अन्तिम फोटोशुट टास्कका रुपमा फ्यामिली पोट्रेटमा आफ्नो प्रस्तुति दिएका थिए । सविताको परिवार वा साथी भाई उतिखेर उपस्थित नभएकाले कार्यक्रमका मेन्टरहरु अभिनेत्री अनुशा डान्डेकर र ग्रुमिङ निरज गाबाले सविताको परिवारको सदस्यका रुपमा फोटोशुटमा सहभागि भएका थिए । इन्डिया नेक्स्ट टप मोडल सीजन थ्रीको फस्ट रनर अप सम्मको यात्रा तय गर्न सफल सविता उक्त कार्यक्रममा सहभागि भएकी पहिलो नेपाली मोडल हुन् । नेपाल फेसन सप्ताह देखि क्लासिक डायमन्ड ज्वेलर्सको टाइमलेस पारागन ज्वेलरी फेसन शो जस्ता वृहत् र्‍याम्प शोमा विरालो चालमा यात्रा तय गरिसकेकी सविता कहलिएका र्‍याम्प सुन्दरी हुन् । पाच फिट ८ इन्च अग्लो स्लीम फिगर भएकी काठमाडौंकी २३ वर्षिया सविताको सेक्सी सौन्दर्यले टीएनएम, एम एण्ड एस भिम्याग इन्सिगनिया, वाउ, इसिएस लिभिङ, टिजिआइएफ जस्ता म्यागाजिनहरुको शोभा बढाइसकेको छ ।

इन्डियाज् नेक्स्ट टप मोडलको सिजन थ्री गत अक्टोबर २१ तारिखमा प्रिमियर भएको थियो । जसमा नेपालकी सविता कार्की लगायत १६ जना प्रतिस्पर्धीहरु सहभागि थिए । सहभागिहरुको प्रस्तुतिको मुल्यांकन गर्ने अविभारा कार्यक्रमका निर्णायकहरु अभिनेत्री मलाइका अरोरा, मोडल एवं अभिनेता मिलिन्द सोमन र फेसन फोटोग्राफर डब्बु रतनानीको कााधमा रहेको थियो । इन्डियाज् नेक्स्ट टप मोडल मोडलिङमा आधारित रियालिटी टि.भि.शो हो जसको पहिलो सिजन सन् २०१५ जुलाई १९ मा प्रिमियर भएको थियो । यो शो अमेरिकाज् नेक्स्ट टप मोडलको भारतीय स्वरुप हो ।

 Image